2026-07-24 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ वर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ

साउन १८, काठमाडौं | दाङमा आठ बर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ परेका छन्। 

शान्तिनगर गाउँपालिका वडा नं. ५ का २९ वर्षीय चमन विक बलात्कार आरोपमा बुधबार बिहान पक्राउ परेका हुन्।

विकले बहिनी नाता पर्ने बालिकालाई आमा-बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। 

बालिकाले मंगलबार राति गुप्ताङ्ग दुखेको कुरा गरेपछि आमाले सोधपुछ गर्दा उनीमाथि बलात्कार भएको खुलेको थियो। 

त्यसपछि आमा बुवाले मंगलबार राति नै घटनाबारे इलका प्रहरी कार्यालय खिलतपुरलाई मौखिक जानकारी दिएका थिए।

खबर पाउनासाथ खिलतपुरबाट प्रहरी निरीक्षक मानबहादुर केसीको कमाण्डमा पाँच जना प्रहरी विकको खोजीमा गए पनि उनी फरार भइसकेका थिए। 

फरार विकलाई खोजी गर्ने क्रममा बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए। 

पीडित बालिकासहित उनका आमा-बुवा इप्रका तुलसीपुरमा विकविरूद्ध किटानी जाहेरी लिएर आएको डिएसपी अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक