भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास र"/>
2026-07-05 07:09 AM
काठमाडौँ - KTM

पातीखोलाले एक उद्योग सहित आधा दर्जन घर बगायो

भदौ २४, पर्वत । पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास रहेका ६ वटा घरहरु बगेका छन् भने ४ घरपरिवार विस्थापित बने ।रातीको समयमा सुतिरहेका स्थानीयवासीले भागेर ज्यान जोगाएकाले मानवीय क्षति हुन पाएन । अकस्मात् बाढीको गडगडाहट सुनेपछि भागेको स्थानीयवासीकले बताएका छन् । बाढीले याम बहादुर चोचाङगी मगरको घर सहित उनले संचालन गर्दै आएको धौलागिरि साबुन उद्योग बगाएर लगेको छ । मगरले आफूलाई २३ लाख बराबरको नोक्सानी भएको दुःखेसो पोखे । त्यसैगरी कालु विक, अन्तरे विक, सुन्दर विक, देउपुर ९ सुनचापको घर बगाएको छ भने तीर्थ हमालको    माछापोखरी, रुद्र बहादुर हमालको केराबारी, पार्वती बंगुर समूहको माछापोखरी बाढीले बगाएको छ भने बाजुङ १ पातीचौरका मनबहादुर पौडेलको मील पनि रहेको    छैन । पातीखोलाकै मुहाननेर रहेको पातीखोला       रेन्वो ट्राउट माछा पोखरीले क्षति व्यहोरेको छ । क्षतिको विवरण भने खुल्न सकेन । बाढीकै कारण पातीचौर बजार क्षेत्रभन्दा केही माथि अवस्थित स्थानीयका केही घरपरिवार विस्थापित समेत भएका हुन् । पातीखोला हाइडूोपावरलाई समेत बाढीले क्षति पुराएर अवरुद्ध बनाएको छ ।बाढीका कारण घरवास गुमाएर विचल्ली बनेका परिवारका सदस्यहरुले ज्यान जोगाए पनि भौतिक सम्पत्ति सवै गुमाउन पुगेका छन् । पातीखोलाको बाढीकै कारण मल्ल केवुल नेटवर्कको अप्टिकल फाइवर केवलको झण्डै एक किमी तार चुडिएर नष्ट भएको संचालकको गुनासो छ । बाढीले विजुलीका पोलहरु बगाउदा केवलका तार समेत चुडिन पुगेको हो । 


बाढीले खानेपानीमा समस्या

पातीखोलाको बाढीले मुहानमा क्षति पुराएपछि पातीचौरवासीलाई खानेपानीको समस्या भएको छ । बुधवार राती पातीखोलामा आएको बाढीले खानेपानीको पाइप समेत बगाएर लगेको छ । पातीचौरवासीले पातीखोलाको मुहानमा पानीट्याङकी बनाएर पाइप मार्फत् पिउने पानीको व्यवस्था गरेका थिए । बाढीले खानेपानीको पाइप बगाएपछि पातीचौरवासीलाई पिउने पानी कहाँबाट ल्याएर पिउने भन्ने समस्या थपिएको छ । पानीको स्रोत अन्तकतै नभएकोले शीघ्र व्यवस्था गराउनुपर्ने भन्ने स्थानीयवासीको माग छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै