२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका मुख्यमन्त्री शाही भन्छन्- कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगराै

२०७९, १९ श्रावण बिहीबार ११:००

साउन १९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरू व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । २ साउनमा नयाँ योजनाको अख्तियारी पठाइसकेकोले योजना कार्यान्वन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाईहरूलाई भनेको छु, किन मेरो कुरा सुन्नुहुन्न ? राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो ? काम गर्नेलाई थोरै समय भए पनि धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुदोरहेछ । ’ पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत आफूसँग आएको मुख्यमन्त्री शाहीले बताए । यस्ता गलत कार्यतर्फ नलाग्न कर्मचारी र मन्त्रीहरूलाई  निर्देशन दिए ।  

कर्णाली प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कानुनभन्दा माथि कोही नभएकाले नहुने कामतर्फ नलाग्न चेतावनी दिए । सबैभन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम बिक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयमा आएको र यस्ता धन्धातर्फ नलाग्न सचेत गराए । 

संघबाट आएको भन्दै ठूला कुरा नगर्न समेत कर्मचारीलाई सुझाव दिए । उनले मन्त्रालयहरूलाई बेरुजु रकम घटाउन समेत सुझाव दिए । कर्णालीका सबै जिल्ला हाम्रा हुन् भन्ने चेतनाको विकास गर्न समेत निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन