श्री पालिका प्रमुख ज्यूहरू,

नागरिकले तपाईंहरूलाई पाँच वर्षको लागि आफ्नो भविष्य जिम्मा दिएर पठाएका छन् । तपाईंहरू स्थानीय निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्री पालिका प्रमुख ज्यूहरू,

नागरिकले तपाईंहरूलाई पाँच वर्षको लागि आफ्नो भविष्य जिम्मा दिएर पठाएका छन् । तपाईंहरू स्थानीय निर"/>

२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ठानीय सरकारलाई खुलापत्र

२०७९, २२ श्रावण आईतवार ०८:३६

साउन २२, काठमाडौँ | 


श्री पालिका प्रमुख ज्यूहरू,

नागरिकले तपाईंहरूलाई पाँच वर्षको लागि आफ्नो भविष्य जिम्मा दिएर पठाएका छन् । तपाईंहरू स्थानीय निर्वाचनमा उठ्नुको विविध कारण थिए होलान्- नाम, दाम कमाउन । पुर्खाको विरासत थाम्न । आफ्नाे दलकाे उदेश्य पूरा गर्न,  दलले टिकट नदिएपछि बागीको रूपमा ।  सत्ता र शक्तिको केन्द्रमा बस्न । इमानदार भएर काम गर्न । अरूसँगको विरक्ति र असन्तुष्टि पोख्न, आदि ।

कति अदृश्य कारणहरू पनि होलान् । जनताले तपाइँहरूलाई मत दिनुका कारण पनि विविध होलान्- व्यक्ति वा विचार मन परेर, तपाईंहरूले पहिले गरेको काम देखेर, प्रचार शैलीबाट प्रभावित भएर, तपाईंहरूसँग कुनै लाभ लिएकाले, पार्टी मनपरेर आदि। यसमा पनि कति बाहिर भन्नै नमिल्ने कारणहरू पनि हुन सक्छन् ।

मानिसलाई पक्कै पनि केही न केही गुन लाउनु भएको होला। मानिसहरूलाई सुन्दर भविष्यको सपना देखाउनु भएको होला । त्यसमा विश्वस्त भएर त होला उनीहरूले तपाईंहरूलाई अरू उम्मेदवारभन्दा धेरै मत दिएकाे । तपाईंहरूको मनभित्र पनि कतै न कतै त होला- पाँच वर्ष गज्जब काम गर्न सकौं। आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन सकौं ।

उत्कृष्ट बनाउन धेरै धाेत्लिनु पर्ने छैन। तीन कुरामा ध्यान केन्द्रित गरे पुग्छ।

१. समयकाे मागमा आधारित शिक्षा

२. राेग लाग्न बाट बचाउन र बिरामीका लागि सर्वसुलभ उपचार गराउने ब्यवस्था

३. आर्थिक आत्मनिर्भताका लागि आधुनिक कृषि, उद्योग, बजार तथा व्यापक राेजगार सिर्जनाहुने सिर्जनात्मक गतिविधि र आवश्यक पुर्वाधार निर्माण ।

यी सबैकाे मेरुदण्ड शिक्षा भएकाले मुख्य ध्यान यसैमा केन्द्रित गरे आफ्ना ठाउँलाई उत्कृष्ट बनाउन मद्दत गर्नेछ । औपचारिक शिक्षाको दुई भाग छन् । एक बाल क्लास देखि १२ कक्षासम्मकाे अर्को उच्चशिक्षा, उच्चशिक्षा विश्वविद्यालयहरूसँगकाे सहकार्यमा आवश्यकता र सामर्थ्य अनुसारको स्थानीय सरकारलाई सुविधा प्रदान गर्न सकिन्छ । दुईमध्ये प्रमुख र स्थानीय सरकारकाे अधिकार क्षेत्र भित्रकाे माध्यमिक शिक्षानै सर्वाङ्गीण विकासकाे आधारशिला हाे ।

वर्षमा दुई सयभन्दा बढी दिन बालबालिकाहरू विद्यालयमा हुन्छन् । विद्यालयको सिकाइले उनीहरूको भविष्य निर्धारण गर्छ । त्यही विद्यालय शिक्षाको नेतृत्व, सञ्चालन र व्यवस्थापन गर्ने स्थानमा तपाईंहरू हुनुहुन्छ।

विद्यालयका बालबालिकाहरू अहिलेका मतदाता होइनन् । अर्को पाँच वर्षमा तपाईंहरूको क्षेत्रमा केही हजार बालबालिकाहरूले मत हाल्न पाउलान् । यी बालबालिका अहिले आफ्नो स्वार्थ पूरा गरिदिनु पर्‍यो भन्दै तपाईंहरूको ढोकामा आउँदैनन् ।

तपाईंको समर्थन वा विरोधमा नारा लाउँदैनन् । कतै 'सोर्स' लाइदिनु पर्‍यो भन्दै तपाईंलाई पछ्याउँदैनन् । त्यसैले यी बालबालिकाहरू तपाईंहरूको नजरबाट ओझेल पर्न सक्छन् । ठूला मान्छेहरूको काममा नै तपाईंको समय बित्न सक्छ । अरूले सहजै देख्ने भौतिक पूर्वाधारको विकासमा मात्र तपाईंको ध्यान पुग्नसक्छ । तर, आज हामीले बेवास्ता गर्ने यिनै बालबालिकाहरूले भोलिको समाज बनाउने हुन् ।

विद्यालयबाट बालबालिकाको सिकाइ राम्राे भयो भने उनीहरूले समग्र समाजको उच्च भविष्य बनाउने छन् । हामीले देखेका छौं- एक राम्रो नेताको लक्षण भनेको आजका आकस्मिक आवश्यकता पूरा गर्दै सुन्दर भविष्यको पूर्वाधार अहिलेदेखि नै तयार गर्नु पनि हो ।

आजको विद्यालय बनाउनु र बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु भनेको केही वर्षपछिको समृद्ध समाज पनि बनाउनु हो । आजको विद्यालय जस्तो भयो भोलिको सरकार, सदन, सडक र समाज उस्तै हुनेछ। आफ्नो कार्यक्षेत्रको विद्यालयहरूलाई उत्कृष्ट बनाउनु भयो भने तपाईंलाई आशीर्वाद र समर्थन हजारौं विद्यार्थी, अभिभावक र शिक्षाको महत्व बुझ्ने हरेक नागरिकले दिनेछन् ।

आफ्नो पालिकाबाहिर पनि तपाईंहरूको चर्चा हुनेछ । तपाईंहरूको अभ्यासबाट अरूले सिक्नेछन् । अबको पाँच वर्षमा पनि सार्वजनिक शिक्षामा रूपान्तरणको उदाहरण आमआदमी पार्टीले भारतको नयाँ दिल्लीमा गरेको उदाहरणबाट मात्र होइन, आफ्नै पालिकाहरूमा हेर्न पाइयोस् । केही नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन् ।

यसको लागि नेपालमा भइरहेका अभ्यास र केही अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सकिन्छ। केही विद्यमान संरचनालाई सुदृढ बनाएर र केही संरचना थपेर राम्रो गर्न सकिन्छ। माध्यमिक शिक्षा सुधारको लागि बिना कुनै प्रभावमा परी शिक्षा र वर्तमानको शिक्षा प्रणाली बुझेको शैक्षिक अभियन्ता अध्यक्ष र क्रियाशिल प्रधानाध्यापककाे टिम सहकार्यमा नेपालकाे शिक्षा अभियानिहरुले भन्दै आएकाे नैतिकवान, राष्ट्रप्रेमी, विश्वब्यापी प्रतिस्पर्धामा उत्रनसक्ने उद्धमशिल नागरिक उत्पादन गर्ने सबल विधालय बनाउन सकिन्छ । सफल नेतृत्वले हाम्रो भन्दा राम्रो लाई प्राथमिकता दिएर सफल भएको मात्र उदाहरण पाइन्छ ।

(लेखक माओवादी केन्द्रका युवा नेता तथा वाइसियल नेपाल मधेश प्रदेशका इन्चार्ज हुन्) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन