४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

उपमेयरले ढुवानी नगर्दा मुगुमा चामल अभाव

२३ श्रावण २०७९, सोमबार १२:१२

साउन २३, मुगु | हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको  मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो । 

 

खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि बजारको भन्दा ४ सय रुपौयाँ प्रति प्याक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले  चामल लिनेको निकै भीड हुने गरेको छ । उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन् । 

उनी मात्र होइन मुगुका नागरिक बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् । बजारमा आएको चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य हालेर खान बाध्य छन् स्थानीय । 

आइतबार मात्र खाद्यान्न खुला हुँदा घण्टौ लाइनमा कुर्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा मुगुका नागरिकले पञ्चायत कालको सम्झना गरेका छन् । पञ्चायत कालमा एक प्याक दश केपी चामल लिँदा नेता र सिडिओको कुपन लिई लाइन बस्नुपर्ने अवस्था थियो । संघीयता आइपुग्दा पनि लाइनमै बस्नु पर्ने अवस्था आउनु मुगुका जनताका लागि दुखद भएको स्थानीय धर्मसिंह कामिले गुनासो गरे ।

आर्थिक वर्ष २०७८/०८९मा स्वकृत अनुसारको खाद्यान्न ठेक्कादारले सबै खाद्यान्न ढुवानी नगर्दा अहिले गोदाममा ७ सय ५० क्विन्टल चामल मौज्दात रहेको छ । हरेक दिन खाद्यान्न वितरण गर्दा सबै एकै दिन सकिने भएको हुँदा केही दिन पहिलादेखि मुगुमा आइतबार मात्र खाद्यान्न खुला गरी वितरण गर्ने गरेका छौं । गएको आइतबार मात्र एकै दिन  ३ सय ६९ जनाले चामल वितरण  गर्दा १ सय ६ क्विन्टल ८० केजी चामल विक्री वितरण भएको छ । 

खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले २ हजार ९ सय क्विन्टल खाद्यान्न समयमै ढुवानी नगर्दा समस्या भएको हो ।

गाडीको तेलको मुल्य वृद्धिले ठेकेदारले पनि चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताए । यता मुगु जिल्लाको खत्याड, मुगमकामारो गाँउपालिकाको पुलु ,सोरुको सोरु डिपो, कालैको कालै बिक्री केन्द्र रातापानी बिक्री केन्द्रमा खाद्यान्न नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ