2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहसचिव भिष्म भुसालको नेतृत्वमा मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन

साउन २७, काठमाडौं | सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयका सहसचिव डा. भिष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । 

तराईसहितका स्थानका मिटरब्याज पीडितहरु काठमाडौंको आएर धर्ना तथा प्रदर्शन गरिरहेका बेला सरकारले कार्यदल गठन गरेको हो । 


गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार मन्त्रालयका सहसचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । 

उनका अनुसार कार्यदलमा भुसालसहित गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्का

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् । कार्यदलको सदस्यसचिवको जिम्मेवारी भने प्रहरी नायव उपरीक्षक खड्कालाई दिइएको छ । 

मिटरब्याज अपराध नदोहोरिने, भएका समस्या समाधानको उपाय सुझाउन कार्यदललाई जिम्मेवारी दिएको प्रेस संयोजक भट्टराईले  बताए । उनका अनुसार कार्यदललाई एक महिनाको समय दिइएको छ । उक्त समयावधिभित्र मिटरब्याज अपराध नियन्त्रण, सहित सुझाव पेस गर्नुपर्नेछ । अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि कार्यदललाई निर्देशन दिइएको छ । 

गृहमन्त्री खाणले कार्यदल गठन गर्नुअघि शुक्रबार बिहान नै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेका भट्टराईले बताए ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक