2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेक नलाग्दा रूकुम-पूर्वमा प्रहरी जीप दुर्घटना

साउन २८, काठमाडौँ | रूकुम-पूर्वामा प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ। जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका हुन्।  


शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। सो जिप खस्दा दुई जना डिएसपीसहित ६ जना घाइते छन्। मोडमा पुगेपछि गाडी चालक प्रहरी हवल्दार कुमारसिंह डाँगीले ब्रेक नलागेको कुरा गरेको डिएसपी डाँगीले बताए। 

‘अगाडि केटालाई बसालेको थिए अनि म र सशस्त्रका डिएसपी बीचमा बसेका थियौं। त्यही बीचमा चालकले ब्रेक लागेन सर भन्नु भयो, तर हाम्रो कुनै उपाय थिएन। गाडी खसिसक्यो,’ डिएसपी डाँगीले भने, ‘हामी बीचमा भएको हुँदा बार समात्न पायौं र चालक र गाडीसँगै पल्टिदै तलै पुग्यौं।’

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि सोही जिपमा सवार थिए। डिएसपी डाँगीले चालकको अवस्था गम्भीर रहेको जानकारी दिए। 

बीचमा बसेकै कारण आफूलाई चोट कम लागेको भएपनि सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठलाई भने आफ्नोभन्दा बढी चोटपटक लागेको बताए।

उनीहरू तकशेरामा निरीक्षण गर्न जाँदै थिए। गाडी खस्दै गर्दा अगाडि बसेका प्रहरी जवान सञ्तोष बुढा पनि गम्भीर घाइते छन्।

गाडी पल्टिँदा ज्यान जोगाउन भनेर बीचमै हाम फालेको हुँदा बुढालाई बढी चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताए।

प्रहरी जवान बुढा र लक्ष्मण पुनलाई हेलिकप्टरबाट उद्धार गरी बाँकेको नेपालगञ्जतर्फ लगिएको छ। 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले हेलिकप्टर नेपालगञ्जमा बिरामी छोडेर फेरि फर्केर आउने जानकारी दिए।

‘अझै यहाँ हाम्रा दुई जना भाइहरूको अवस्था गम्भीर छ,’ उनले भने, ‘अब हेलिकप्टर आएपछि उहाँहरूलाई उपचारका लागि नेपालगञ्ज पठाउने छौं।’

डिएसपी डाँगीले पानी पनि नपरेको तथा बाटोपनि चिफ्लो नरहेको भएपनि ब्रेकले काम नगर्दा गाडी दुर्घटनामा परेको दोहर्‍याए। 

‘मलाई पनि दुखिरहेको छ। चोट त लागेको छ, तैपनि म आफू भन्दा गम्भीर अवस्थामा रहेका साथी-भाइको सहयोग तथा उद्धारमा निरन्तर खटिएको छु,’ डिएसपी डाँगीले भने, ‘मलाई सिडियो साबदेखि सबै प्रहरी साथीभाइले तत्काल उपचारका लागि जान सुझाव दिइरहनु भएको छ। तर म भन्दा गम्भीर घाइते साथीभाइलाई नपठाई म अस्पताल जाने छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक