२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक

३० श्रावण २०७९, सोमबार ०८:४०

साउन ३०, मुगु | मुगु सदरमुकाम गमगढी बजारदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काम रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याड वासी एक दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन ।

गमगढीदेखि राराको माथिल्लो मिलीचौरसम्मको १६ किलोमिटर सडक निर्माणको काम भने सकिएको छ । गत वर्ष गाउँपालिकाले प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मुल्यांकनसमेत गरेर निर्माणका लागि अनुमति मागेको थियो । तर, निकुञ्जले अनुमति नदिएपछि सडक निर्माणको काम अवरुद्ध बनेको हो ।


निकुञ्ज क्षेत्रमा सडक नबन्दा खत्याडवासीलाई जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । यो यात्रा तय गर्न एक दिन पूरै लाग्छ ।

त्यसैले स्थानीयवासी पैदलै हिँडेर आउजाउ गर्ने खत्याड–८ का जन्मजय भण्डारीले बताए । उनका अनुसार निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न सकिन्छ । खत्याड गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले अनुमति दिनुपर्ने उनले बताए ।  

"निकुञ्जबाट हामीले सेवासुविधा केही पाएनौं, खालि दुःख मात्रै पाइरहेका छौं," उनले भने, "निकुञ्जले सडक छेकेर हामीलाई धेरै सास्ती दिएको छ ।"

सडक निर्माण रोकिएपछि खत्याड, हयाङलु, सुकाढिक, रातापानी, बिना, रिघा लगायत बस्तीका स्थानीय हिँडेरै सदरमुकाम आउन बाध्य छन् । सडक नबन्दा बिरामीलाई स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । 

जिल्ला अस्पताल टाढा हुँदा अधिकांश बिरामी उपचारका लागि बाजुराको कोल्टी जाने गरेका छन् । निकुञ्जको बाटो भएर सदमुकाम आउँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम रहेको स्थानीय कमानबहादुर रावतले बताए । 

उतातिर पनि खत्याडको गम्थादेखि निगालबोट हुँदै समानेसम्मको सडक बनिसकेको भए पनि निकुञ्ज क्षेत्रको १७ किमिमा सडक खन्न समस्या भएको खत्याड गाउँपालिकाका उपप्रमुख सरिता रोकायाले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु