रबिन्द्र यादव | भदौ २६. नवलपरासी ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | भदौ २६. नवलपरासी । 
१ माघ २०८२, बुधबार
नवलपुर - NWL

युवाहरु लागू अौषध सेवन र ओसार पसार मा लागेको भन्दै चिन्ता व्यक्त

२७ भाद्र २०७३, सोमबार ०३:०२

रबिन्द्र यादव | भदौ २६. नवलपरासी । युवाहरु लागू अौषध सेवन र ओसार पसार मा बढि सक्रिय देखिए पछि एक कार्यक्रमका वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा गाउँ विकास समिति मा गरेको परिचात्मक र अन्तरक्रिया कार्यक्रममा मार्फत सो चिन्ता व्यक्त गरेका हुन् । 
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मधेस युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले युवाहरु बेरोजगारी का कारण लागू अौषध सेवन र ओसार पसार, हत्या हिंसा जुवा तास जस्ता नराम्रो क्रियाकलाप  मा बढि सक्रिय देखिएको भन्दै सरकारले युवाहरुका लागि रोजगारको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिदै वर्तमान सरकारले युवाका लागि नया निति ल्याउनु पर्ने बताउनु भयो । 
साथै युवाहरुले लागू अौषध सेवन र ओसार पसार न लाग्न अनुरोध गर्नु भएको छ । भानु चौहान को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष धिरज त्रिपाठी, उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कुशवाहा, सदस्य लोकनाथ ज्ञ्वाली लगायत सय भन्दा बढि युवाहरुको सहभागीता रहेको जनाइएको छ ।
साथै भानु चौहानको संयोजकत्वमा १३ सदस्यीय पक्लिहवा गाउँ कमेटी समेत गठन गरेको छ । हाल नवलपरासीमा लागू अौषध सेवान र ओसार पसारमा मा लागेको भन्दै जिल्ला प्रहरी कार्ययाल नवलपरासीले पक्राउ गरि कतिपय माथि मुद्दा चलाई सकेको छ भने कतिपय सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का