रबिन्द्र यादव | भदौ २६. नवलपरासी ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | भदौ २६. नवलपरासी । 
२०८२, २६ चैत्र बिहीबार
नवलपुर - NWL

युवाहरु लागू अौषध सेवन र ओसार पसार मा लागेको भन्दै चिन्ता व्यक्त

२०७३, २७ भाद्र सोमबार ०३:०२

रबिन्द्र यादव | भदौ २६. नवलपरासी । युवाहरु लागू अौषध सेवन र ओसार पसार मा बढि सक्रिय देखिए पछि एक कार्यक्रमका वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा गाउँ विकास समिति मा गरेको परिचात्मक र अन्तरक्रिया कार्यक्रममा मार्फत सो चिन्ता व्यक्त गरेका हुन् । 
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मधेस युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले युवाहरु बेरोजगारी का कारण लागू अौषध सेवन र ओसार पसार, हत्या हिंसा जुवा तास जस्ता नराम्रो क्रियाकलाप  मा बढि सक्रिय देखिएको भन्दै सरकारले युवाहरुका लागि रोजगारको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिदै वर्तमान सरकारले युवाका लागि नया निति ल्याउनु पर्ने बताउनु भयो । 
साथै युवाहरुले लागू अौषध सेवन र ओसार पसार न लाग्न अनुरोध गर्नु भएको छ । भानु चौहान को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष धिरज त्रिपाठी, उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कुशवाहा, सदस्य लोकनाथ ज्ञ्वाली लगायत सय भन्दा बढि युवाहरुको सहभागीता रहेको जनाइएको छ ।
साथै भानु चौहानको संयोजकत्वमा १३ सदस्यीय पक्लिहवा गाउँ कमेटी समेत गठन गरेको छ । हाल नवलपरासीमा लागू अौषध सेवान र ओसार पसारमा मा लागेको भन्दै जिल्ला प्रहरी कार्ययाल नवलपरासीले पक्राउ गरि कतिपय माथि मुद्दा चलाई सकेको छ भने कतिपय सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ