2026-07-25 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउनकै पेन्सन पाउन अझै एक साता कुर्नुपर्ने

भदौ ८, काठमाडौं | सरकारले साउन महिनाको निवृत्तिभरण (पेन्सन) अझै खुवाएको छैन । सरकारले तलब वृद्धि गरेका कारण पेन्सन खुवाउन ढिलाइ भएको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले बताए । 

सरकारले कर्मचारीको १५ प्रतिशत तलब बढाएको छ । तर, ढिलोगरी मन्त्रिपरिषद्ले स्वीकृत गर्दा निवृत्तिभरण वितरणमा ढिलाइ भएको उनले बताए । अबको एक हप्ताभित्र पेन्सन वितरण गरिसक्ने कार्यालय प्रमुख खरेलले जानकारी दिए । 

‘मन्त्रिपरिषद् बैठकले ढिलोगरी स्वीकृत गरेको र सोहीअनुसार व्यवस्था गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले न्युज कारखानासँग भने, ‘अबको एक साताभित्र पेन्सन वितरण गरिसक्छौँ ।’ 

साढे दुई लाख जनाले निवृत्तिभरण लिने गरेका र उनीहरुको वृद्धि रकम मिलाउनुपर्ने भएकाले वितरणमा ढिलाइ भएको प्रमुख खरेलको भनाइ छ । 

साउन महिनाकै पेन्सन लिन बाँकी रहेकाले अब साउन र भदौ दुवै महिनाको १५ भित्र वितरण गर्ने कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठले बताए । 

सरकारले बहालवाला कर्मचारीलाई साउन महिनाको तलब खुवाइसकेको छ भने निवृत्तिभरण वितरणमा ढिलाइ गरेको हो । जस कारण निवृत्तिभरण खाँदै खाएका वृद्धवृद्धाहरु दैनिकजसो बैंकमा जाने र आए नआएको सोध्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक