2026-07-25 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा सुन किन्ने बहानामा महिलाले साढे ५ तोला सुन लुटेपछि…

भदौ १६, काठमाडौँ |सुन किन्ने बहानामा साढे ५ तोला सुन लुटने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्गोश्वर नगरपालिका–२ सुन्दरीजल नयाँपाटी स्थित नयाँपाटी स्थित सनराइज सुनचाँदी पसलमा सुन किन्न गएर दुईवटा सुनको सिक्री र ब्रसलेटर लुटेर भाग्ने ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । भदौ ९ मा साढे ५ तोला सुन लुटेर पठाओ चढेर भागेकी २३ वर्षीया ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटमा संलग्न महिला पहिचान गरी भदौ १४ मा बुढानीलकण्ठ नगरपालिका स्थित कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सुन्दरीजल स्थित रन्जित सुनुवारको सुन पसलबाट लुटेको सुन उनले कपन खरिबोटमा रहेको टंक सुनचाँदी पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी वृत बौद्धको टोलीले चोरीको सुन किन्ने झापा घर भएका ४७ वर्षका टंक कालिकोटेलाई पनि पक्राउ गरेको छ । लुटेको सुनको सिक्री २ थान (३ तोला) र ब्रासलेट १ थान (साढे २ तोला) बरामद गरिएको प्रहरीले जनाएको छ । सुन लुटेपछि आरोपी बा.५१ प ५० नम्बरको पठाओ चढेर भागेकी थिइन् ।

पठाओबाट अनुसन्धान शुरु गरेर प्रहरी ममता शेर्पासम्म पुगेको थियो । सुन लुट्ने र किन्ने बिरुद्ध चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक