2026-07-24 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुको उम्मेदवारीविरुद्ध खडा भए क्षितिज

भदौ १७, काठमाडौँ | नेपाली काँग्रेस कैलालीको उम्मेदवारी सिफारिसमा नयाँ तरंग सिर्जना भएको छ । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कैलाली–क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी घोषणा गरेलगत्तै कैलालीकै महासमिति सदस्य क्षितिज भण्डारीले पनि उम्मेदवारी सिफारिसको लागि पार्टी कार्यालयमा निवेदन दिएका छन् ।

भण्डारीले आरजुलाई जबरजस्त रूपमा सर्वसम्मत उम्मेदवार बनाउने प्रपञ्च रचिएको र त्यसविरुद्ध पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराइएको बताएका छन् ।

उनले पार्टी कार्यालयमा उम्मेदवारीको लागि निवेदन दिएपछि प्रतिक्रिया दिँदै भने, ‘आज म आफू जन्मेको स्थान,स्कूल र क्याम्पस पढेको र ३० वर्ष प्रत्यक्ष राजनीति गरेको स्थानीय भएको कारण कैलाली क्षेत्र नम्बर ५ धनगढीबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि विधिवत उम्मेदवारी दर्ता गर्दछु ।’

भण्डारीले ०७४ सालको निर्वाचनमा पनि आरजुविरुद्ध प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका थिए । त्यतिबेला आगामी ०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिने शर्तमा उनको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । देउवा परिवारले दिएको उक्त वचनसँग विश्वस्त भएका भण्डारी यस पटक पनि उम्मेदवारी नबन्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक