२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन पराएको केटाले नभेटे बेपत्ता हुन्छु’भन्दै घरबाट निस्किएकी किशोरी मृत फेला

२०७९, २४ भाद्र शुक्रबार ०८:०५

भदौ २४, कैलाली | कैलालीमा गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् ।

आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् ।

आस्था आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।

उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो । 

कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव फेलापरेको हो । धनगढी–२, मोहना किनारमा शव फेलापरेको जिल्ला प्रहरीले जानकारी दिए । उनका अनुसार शव ‘फुलेको’ अवस्थामा छ । शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो