2026-07-25 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीबाटै लुटिए उपत्यकाका व्यापारी, आईफोनको चोरीबाट खुल्यो यस्तो रहस्य…

भदौ २८, काठमाडौँ | उपत्यकामा लुट मच्चाएको आरोपमा नेपाल प्रहरीको पुर्व असीई र हवल्दार पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालित ‘केएस मोबाइल सप’मा आइतबार दुईजना ग्राहक मोबाइल किन्ने निहुँमा गए । फेसबुकमा बिक्रीमा राखेको मोबाइल हेरेर उनीहरू मोबाइल किन्न पुगेका थिए ।

कात्यानी चोक स्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा उनीहरूले अनलाइन बिक्रीमा राखेको मोबाइल मन परेन भन्दै नयाँ देखाउन आग्रह गरे । कपिलले आफैँले चलाएको मोबाइल देखाएर ‘यो मन पर्छ भने पनि लैजानु’ भने । उनीहरूले बिल देखाउन आग्रह गरे । कपिलले भने–‘विदेशबाट पठाइदिएको हो, बिल छैन ।’ त्यसपछि ती ग्राहकले भने–‘हामी प्रहरी हौँ, बिल बिनाको सामान बेच्ने ?’

कपिलले चलाएको र विक्रीमा राखेको सहित ३ वटा आईफोन लिएर उनीहरू हिँडे । मोबाइल लुटेर हिँड्नेमा सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय बाल सुन्दर सापकोटा र ४० वर्षीय अर्जुन कार्की थिए । बालसुन्दर पूर्व असई र अर्जुन पूर्व हवल्दार हुन् ।

पसलमा मोबाइल लुटपाट हुँदै गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव निरीक्षक (सई) मुन सापकोटा पसल बाहिर थिए । सई सापकोटाले रेकी गरेर पूर्व प्रहरीहरूले लुटेको अनुसन्धानबाट थाहा भएको छ । अपराध अनुसन्धान कार्यालयले लुटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

तर, लुटपाटको रेकी गरेको खुलेपनि अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले प्रनानी सापकोटामाथि अनुसन्धान अघि बढाएका छैनन् । केही दिनअघि मात्र सरुवा भएर अनुसन्धान कार्यालयमा गएका सापकोटा लुटपाटको घटनामा संलग्न देखिँदा विभागीय कारबाही हुनबाट समेत जोगिएपछि त्यहाँ कार्यरत प्रहरीहरु आश्चर्यमा परेका छन् ।

लुटेराहरूले नक्कली पेस्तोल समेत देखाए । सोह्रखुट्टेमा फोन गरेर उनले सोधे–‘बाल सुन्दर सापकोटा र अर्जुन कार्की त्यहाँ कार्यरत हुनुहुन्छ ?’ जवाफ आयो–‘त्यो नामका प्रहरी छैनन् ।’ त्यसपछि मोबाइल पसल सञ्चालकले बानेश्वर प्रहरीलाई खबर गरेर घटनाबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक