२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

टिकटक बनाउने क्रममा खोलामा खस्दा बेपत्ता किशोरीको शव फेला

२०७९, २८ भाद्र मंगलवार १२:१५

भदौ २८,  रोल्पा | रोल्पामा  टिकटक बनाउने क्रममा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ। 

सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा प्रहरीसमक्ष बताएका छन्। 

महिलाको शव फेला

खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। 

सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको र मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा  दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने