२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभियुक्तको परिचय गोप्य राख्न माग गर्दै सर्वाेच्च अदालतमा रिट

२०७९, ४ आश्विन मंगलवार ११:३७

असोज ४, काठमाडौँ | अभियुक्तको परिचय गोप्प राख्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले आरोपी तथा अभियुक्तको परिचय गोप्य राख्न परमादेशको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । 


गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ संवैधानिक इजलाशमा हुनेछ ।

‘यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुत्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक ना प्रदान गर्नु भनि विपक्षीको नाममा संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेश आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख गरिएको छ । 

पीडक भनिएको व्यक्तिले सफाइ पाएमा न त उचित क्षतिपूर्तिको व्यवस्था नरहेको भन्दै रिट निवेदकहरुले अपराध पुष्टि नभएकै अवस्थामा अभियुक्तको चरित्र हत्या गर्नेगरी परिचय सार्वजनिक गर्दा पछि अपराधबाट सफाइ पाउँदासमेत समाजमा निजप्रति कलुषित धारणा बनिसकेको हुने दाबी गरेका छन् । 

फौजदारी अभियोग लागेका अभियुक्तको नाम जोडेर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने नकारात्मकण टिप्पणीले भने अभियुक्त नै अपराधि हो भन्ने मिडिया ट्रायलबाट हुने यौनजन्य अपराध तथा नैतिक पतन हुने फौजदारी अभियोग लागेका अभियुक्तको नाम छद्म राखी सुविधाको सन्तुलन तथा अभियुक्तलाई पुग्ने अपूरणीय क्षतिलाई न्यूनिकरण गर्नलाई आजकै मितिदेखि यौनजन्य अपराधमा कुनै व्यक्तिउपर अनुसन्धान गर्दा निजको चरित्र हत्या गर्ने तरिकाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्ने र कसैको गोपनीयतामाथि धावा बोल्ने, दख्खल गर्ने कार्य नगर्र्नू नगराउनू भनि विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न रिट निवेदनहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो