२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

राज्यमन्त्री निषादले गरे मधेस आन्दोलनका घाइते मन्शीलाई आर्थिक सहयोग

२४ फाल्गुन २०७२, सोमबार १०:२३

फागुन २४, बीरगंज / मधेस समता पार्टीका
केन्द्रिय अध्यक्ष एवं उद्योग राज्यमन्त्री मेघराज सहनीले मधेस आन्दोलनका गम्भिर घाइते मन्शी पटेलसँग
नारायणी उपक्षेत्रिय अस्पतालमा भेटघाट गरेका छन् । भेटको क्रममा मन्त्री निषादले पटेललाई रु ६ हजार नगद
सहयोग गर्नुको साथै अझ स्तरिय उपचारको लागी आफ्नो तर्फबाट पहल गर्ने बताएका थिए ।

pp

पर्सा बगही निवासी मन्शी
पटेललाई जारी मधेस आन्दोलनको क्रममा असोज ३ गते अर्थात नेपालमा सविधान जारी भएकै दिन प्रहरी र
आन्दोलनकारी बीच झडप हुँदा माईस्थानमा गोली लागेको थियो । गोली लागेकै दिनदेखि मन्शी अस्पतालकै शैययामा
रही उपचार गराउदै आएका छन् । कहिले बीरगंज कहिले काठमाण्डौ र फेरी बीरगंजमा उपचार गराइ रहेका मन्शीका
आफन्तले भने आर्थिक अभावका कारण स्तरिय उपचार नपाएकोमा गुनासो गरेका थिए ।


अस्पतालबाट निस्किने क्रममा मन्त्री निषादले सन्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै
जारी मधेस आन्दोनलका शहिद एवं घाइतेहरुको कुर्बानी खेर नजाने बताउदै वर्तमान सरकार वार्ता र संवाद
मार्फत मधेसको माँग सम्बोधन तयार रहेको बताएका थिए । वर्तमान प्रधानमन्त्री केपी ओलीको सरकार गिर्ने
हल्ला मात्र रहेको प्रष्ट्याउदै सरकार मधेसको विकासमा प्रमुखताका साथ लागेको बताए । मधेसको सवालमा मधेसी
पार्टीहरुलाई समेत गम्भिर हुन आग्रह गर्दै कम क्षतिमा अधिकतम उपलब्धीमुलक आन्दोलन बनाउन सुझाव दिएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का