2026-07-24 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

असोज ९, काठमाडौं | काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको कार्यकक्षमा फेरि तालाबन्दी गरिएको छ । केयूकेएलमा क्रियाशील दुई ट्रेड युनियनले शुक्रबार सिईओको कार्यकक्षबाट ब्यानर झिकेको निहुँमा तालाबन्दी गरेका हुन् । 

केयूकेएल कर्मचारी संगठनले समय र परिस्थितिको गम्भीरतालाई ख्यालै नगरी मानिसको जन्मदेखि मृत्यु संस्कारसँग गाँसिएको खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिनु दुःखद भन्दै अविलम्ब संवाद र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

संगठनका अध्यक्ष नवलसिंह साउद र महासचिव कर्णबहादुर धनाहमगरले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको महान चाड बडादशैं २०७९ सन्निकट रहेको र बडादशैंको सार्वजनिक बिदामा समेत निर्वाध रूपमा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी हो । नेपाल सरकारको अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हडताल र तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आमउपभोक्ता वर्गलाई निर्वाध रूपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य हो ।’

तर, केयूकेएलमा क्रियाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद् र लोकतान्त्रिक कर्मचारी संघले भने बिहीबारका दिन आन्दोलनरत पक्षसँग कुनै सहमति वेगर व्यवस्थापन पक्षले अप्रत्यासित रूपमा तुल ब्यानर निकालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले आफ्ना माग सम्बोधन नभए २ असोजदेखि नै केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयहरूको सेवा ठप्प पार्ने जानकारी गराएकोमा त्यसको बेवास्ता गरी व्यवस्थापन पक्षले आफूखुसी ब्यानर निकालेकाले विरोध गर्नुपरेको उल्लेख गरेका छन् ।

तर, शुक्रबारको निर्णयविपरीत प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा गठबन्धन ट्रेड युनियनमध्येबाट ताला लगाउने कार्य भएको भन्दै तीन संगठनले आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक