२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गममा किन स्थापना भएनन् सुपथ मूल्यका पसल ?

२०७९, ११ आश्विन मंगलवार ०९:२८

असोज ११, सुर्खेत | कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा सरकारले सुपथ मुल्य पसल स्थापना गरेको छैन । सुविधा सम्पन्न ठूला सहरमा मात्र सुपथ मूल्यका पसलहरु स्थापना गरिए पनि दुर्गममा भने राखिएकाे छैन । कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, मुगु लगायतका पछाडि परेका जिल्लामा सुपथ मूल्य पसलबारे कुनै जानकारी नै छैन ।


जहाँ-जहाँ सजिलो र बाक्लो जनघनत्व रहेको ठाउँ छ, त्यहाँ मात्र सरकारले यस्ता खालका पसलहरु स्थापनामा जोड दिँदै आएको छ । खाद्यान्न पाउनसमेत मुस्किल हुने ठाउँमा सुपथ मूल्य पसल स्थापना नगरेर सुविधा सम्पन्न ठाउँमा मात्र सुविधा माथी सुविधा थपेको भन्दै दुर्गमका नागरिकहरु गुनासो गर्दै आएका छन् ।

दुर्गममा चामल समेत पुर्‍याउन नसक्ने तर सबै कुराको पहुँच भएको ठाउँमा भारी सेवा दिने सरकारको निर्णय गरिबमाथि अन्याय भएको डोल्पा मुड्केचुलाका सोमराज शाहीले बताए । दुर्गम जिल्लाहरूमा खाद्यान्न नपाएर हैरान ब्यहोरोको समयमा सरकारको सौतेनी व्यवहार भएको उनको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशका अनुसारका अनुसार ९ जिल्लाका सदरमुकामबाट प्रतिकेजी ९ रुपैयाँ छुटसहित चामल बिक्री वितरण भइरहेको छ । सल्यानमा मात्र छुट दिइएको छ ।  जिल्ला सदरमुकाममा रहेका शाखामा मात्र छुट दिइएको, तर गाउँ-गाउँमा रहेका डिपोहरुमा छुट नदिइएको प्रदेश कार्यालयले जानकारी दिएको छ ।

पहुँच भएको ठाउँमा मात्र छुट दिँदा ग्रामिण क्षेत्रका नागरिकलाई अन्याय भएको मुगुका कर्णबहादुर रोकायले बताए । नुन, तेललगायतका दैनिक उपभोग्य सामग्रीहरू समेत सुर्खेतमा बिक्री भए पनि अन्य ८ जिल्लामा भने चामलमा मात्र जिल्ला शाखाबाट छुट दिइएको छ ।

प्रतिकेजीमा ९ रुपैयाँ छुटका विषयमा सदरमुकामका सर्वसाधारणलाई समेत जानकारी नभएको सरोकारवाला बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो