2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समर्थकको मोबाइल फुटाउने रोनाल्डोलाई एफएले जरिवाना गर्ने

असोज २५, काठमाडौं । म्यानचेस्टर युनाइटेडका फवार्ड क्रिस्टियानो रोनाल्डोले अप्रिलमा भएको प्रिमियर लिगको दौरान एक समर्थकको मोबाइल फुटाएकोमा एफएले जरिवाना निर्धारण गर्ने भएको छ ।

अप्रिलमा ओल्ड ट्राफोर्डमा भएको एभर्टनसँगको खेल हारेपछि ड्रेसिङ रुम जाने क्रममा उनले एभर्टनका समर्थकको मोबाइल खुट्टाले कुल्चिएर फुटाएका थिए ।


घटनापछि ३७ वर्षीय रोनाल्डो आफैंले पनि गल्ती महसुस गरि माफी मागेका थिए । सोही क्रममा उनले लेखेका थिए, ‘मुस्किल समयमा पनि भावनाहरुलाई नियन्त्रण गर्नु पर्ने हुन्छ, हामीले खेलको समयमा संयम गुमाउनु हुँदैनथ्यो । जसले गर्दा फुटबलमा युवाहरुको उत्साह नघटोस् भन्ने हो । म आफ्नो रिस र असंयमताप्रति माफी माग्न चाहन्छु । र सम्भव भएमा ती समर्थकलाई वल्र्ड ट्राफोर्डमा फुटबल हेर्न निमन्त्रण दिन चाहन्छु ।’

माफी मागे पनि यो गल्तीका लागि रोनाल्डोले एफए सामु प्रस्तुत हुनु पर्ने छ । एफएले उनीसँग सोधपुछ गरेर जरिवाना रकम निर्धारण गर्ने छ ।

रोनाल्डो विश्वका एक चर्चित फुटबल हस्ती हुन् । उनले गत आइतबार मात्र क्लब फुटबलमा ७ सय गोल पूरा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ