तत्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तत्क"/>

2026-07-25 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीमाथि भीम रावलको प्रश्न– ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को?

असोज २५, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको आरोप लगाएका छन्। 

तत्कालीन एमाले नेता प्रभु साहले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि रावलले अध्यक्ष ओलीले ‘संदिग्ध’ व्यक्तिलाई हुर्काएको बताएका हुन्।

साहले विद्रोह गरेपछि ओलीले पहिलेदेखि नै ‘संदिग्ध चरित्र’ भन्ने अभिव्यक्ति दिएको रावलले बताएका छन्। 

‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?,’ रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

रावलाई अध्यक्ष ओलीले प्रतिनिधि सभाका लागि टिकट नदिएपछि उनी आक्रोशित छन्। रावलको नाम अछाम–१ बाट एकल सिफारिस भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक