2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवौं राष्ट्रिय खेलकुदः न खेलाडीलाई जर्सी, न खेल्ने मैदान

असोज २७, पोखरा | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हक्की खेल सुरु गर्ने तालिका थियो । तर खेल्ने मैदान नै टुंगिएन । जसकारण खेल स्थगित भएको छ ।

बिहीबार हुने खेलको मैदान बुधबारदेखि तयारी थालियो । आवश्यक व्यवस्थापन समयमा पूरा नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल अनिश्चित भयो । आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ । ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन् । जर्सी पाएपछि मात्रै खेलाडी मैदान जान्छन्,’ नेपाल हक्की एसोसिएसनका निर्देशक अशिम श्रेष्ठले भने, ‘खेलकुद निकै फितलो भइरहेको छ । व्यवस्थापन चुस्त छैन ।’


हक्की मात्रै होइन, फेन्सिङ खेलको पनि उस्तै दुर्दशा भयो । सोमबारदेखि सुरु भएको फेन्सिङ खेल सामग्री समयमा नपाएकै कारण प्रभावित भयो । पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रूपमा सुरु भयो ।

बिहानै गर्ने भनिएको प्रतियोगिता खेलाउने ठाउँ नपाएर ढिलो गरी सन्चालन गरिएको थियो । ‘ब्याड्मिन्टनको हलमा प्रतियोगिता गर्न भनियो । न ब्यानर छ, न खेलाडीलाई सामग्री छ,’ फेन्सिङ संघका पदाधिकारीले भने, ‘मिनेटैपिच्छे बत्ती गयो । जेनेरेटर पनि छैन ।’ शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ । तर अधिकांश खेलकुदका लागि सामग्री पाएका छैनन् । खेलाडीले  खेल्ने ठाउँ र जर्सीसमेत पाउन नसकेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ