2026-07-25 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघको आकस्मिक कोषद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

असोज २७, लमजुङ | संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ)ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कारेड सहयोग ३२ लाख अमेरिकी डलर (करिब ४० करोड रुपैया) प्रदान गरेको छ । 

सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 

‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र लैंगिक समानता र महिलाको सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन) – लाई पूर्व चेतावनी सन्देशहरु प्रवाह गर्न, नगद र वृहत राहत सामग्रीहरु (खाद्य तथा गैरखाद्य सामग्री, कम इन्धन खपत गर्ने खाना पकाउने उपकरणहरु, सोलर रेडियो, लत्ताकपडा, र कानुनी तथा मनोसामाजिक परामर्श जस्ता सेवाहरु) उपलब्ध गराउन मद्दत पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसका अतिरिक्त सरसफाइ, मर्यादित तथा स्वास्थ्य सामग्रीहरु वितरण पनि गरिएको राष्ट्रसंघको कार्यालयले जनाएको छ । 

महिला र सिमान्तीकृत समूहहरुमा विपद्ले पु¥याएको खास प्रकारको असरलाई पहिचान गर्दै उक्त वितरणले प्रतिकार्यका सबै चरणहरुमा उनीहरुका आवश्यकतालाई सम्वोधन गर्न कोशिस गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक