2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रधानमन्त्री ज्यू, घर फर्कने वातावरण मिलाइदिनुस्’

भदौ २९, दमक । भूटानी शरणार्थी स्वदेश फिर्ती प्रतिनिधि समितिका अध्यक्ष डाक्टर भम्पा राईले नेपालका प्रधानमन्त्री पुष्पकमल दहालले भारत भ्रमणको क्रममा भुटानीहरुको स्वदेश फिर्तीको मुद्धालाई उठाउनु पर्ने बताएका छन् ।  

नेपाली भाषी भुटानीहरुलाई शरणार्थी बनाउन भारतले ठूलो षडयन्त्र गरेको भन्दै उनीहरुले स्वदेश फिर्तीको मुद्धालाई भ्रमणका क्रममा उठाइदिन प्रधानमन्त्रीलाई  आग्रह गरे । 

मंगलबार  झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले भारतको समन्वयमा मात्र आफूहरु स्वदेश फर्कन सक्ने भएकाले शरणार्थीको समस्यामा नेपाल सरकारले पहल गर्नुपर्ने बताए । 

अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फिर्तीले प्राथमिकता पाउनु पर्ने बताउदैँ उनले भने, ‘स्वदेश फिर्तीको आशमा पुनर्वास नभइ बसेका झापाको दमक र मोरङ्गको पथरीशनिश्चरेमा रहेका करिब १४ हजार शरणार्थीलाई अब तत्काल भुटान फर्काउनुपर्छ ।’

उनका अनुसार घर फर्कने आशा मरिसकेपछि निरुत्साहित भएर करिब १ लाख बढी शरणार्थी तेश्रो मुलुक गएका छन् ।  पूनर्वासले शरणार्थीमा ठूलो विचलन ल्याएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार संगठनका केन्द्रिय महासचिव डा. केपी सुवेदीले शरणार्थी पनि मान्छे भएका कारण उनीहरुले पनि आफ्नो इच्छा अनुसार अफ्नै देशमा बस्न पाउनु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई