गोपालप्रसाद पोखरेल/भदौ २९, मोरङ । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपालप्रसाद पोखरेल/भदौ २९, मोरङ । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर "/>
2026-09-19 12:03 AM
काठमाडौँ - KTM

महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !

गोपालप्रसाद पोखरेल/भदौ २९, मोरङ । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उदाहरणीय बन्नुभएको छ । 

मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीविकोपार्जनका लागि यो पेसा सहज छ । सामाजिक काममा पनि सकेको दान गर्दै आएकी छु ।” 

पुरुषको दाह्रीजुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला पर्ने गरेपनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गर्नमा कुनै हीनताबोध नभएको उहाँले बताउनुभयो । चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाकुरले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ । पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उहाँले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाउनुभयो । 

हेमन्ता भन्नुहुन्छ, “नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरुले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे । तर आजभोलि यसै पेसामा स्वावलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ । ” 

पहिलोपटक आफूले कपाल काटेको देख्नेहरु भने अचम्ममा पर्ने गरेको उहाँको अनुभव छ । कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छु, ठाकुरले गर्वका साथ भन्नुभयो, “कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछन् भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन् ।” 

“कतिपयले बहिनी पैसा फिर्ता दिनु पर्दैन, तर पेसालाई सानो नसम्झिनु” भन्दै निरन्तरता दिन सुझाब दिनेगरेको उहाँको भनाइ छ । त्यसबेला हेमन्ती भावुक त हुन्छिन् नै । आफ्नो पेसाप्रति त्यसो भन्दिँदा हेमन्तीलाई गौरवान्वित बनाउने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । यसले लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेस गरेको स्थानीय महिला नेत्री गोमा नेपालको भनाइ छ । 

सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल, दाह्री काट्दा असजिलो लागेको पनि हेमन्तीले स्मरण गर्न भ्याइन् । उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले श्रीमान्को ‘बिँडो’ थाम्दै आउनुभएको हो । श्रीमानकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उहाँको भनाइ छ । हेमन्ताले आफ्नो कमाईले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको ‘रेमिट्यान्स’ लाई बचत गरेको बताउनुहुन्छ । आफूले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्ताको भनाइ छ । 

उर्लाबारी बहुमुखी क्याम्पसका उपप्राध्यापक भीष्मा रेग्मी भट्टराई भन्नुहुन्छ, “सामाजिक विभेद अन्त्यका लागि पनि उनले अँगालेको अभियानलाई सम्मान गरिनुपर्छ । चुलोचौकामा सीमित महिलाले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नुपर्छ भन्ने छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई