2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाइ सेवा थप र ई-टिकट बुकको माग गर्दै पूर्वमन्त्री भण्डारीसहितको टोली पर्यटन मन्त्रालयमा

कात्तिक १, जुम्ला | कर्णालीमा टिकट बुक प्रणाली अनलाइन गर्न र हवाई सेवा नियमित बनाउन माग गरिएको छ। प्रदेश सभाका सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोली पर्यटन मन्त्रालयमा डेलिगेसन गएको हो।

जहिले पनि कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र निजी विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रूपमा जहाज चढ्न नपाउने भएकाले तत्काल सहज हवाई यातायात सेवा प्रदान गर्ने वातावरण बनाई टिकट बुङिक प्रणाली अनलाइन गर्न माग गरिएको छ । संसद् भण्डारीलगायत काठमाडाैंमा बस्ने जुम्लाबासी डेलिगेसन टोली बनाएर कर्णालीको हवाई क्षेत्रमा भोग्नुपरेको समस्या समाधानका लागि जुट्न थालेका हुन् । 

टोलीले जुम्लालगायत कर्णाली प्रदेशमा ई-टिकट प्रणाली लागू गर्न, नियमित उडान भर्न र विमानस्थलमा पारदर्शिता सुनिश्चित गर्ने विषयमा निर्णय गरिएको सांसद नरेश भण्डारीले बताए। उनले हवाई क्षेत्रमा भइरहेको अनियमितता रोक्न र थप उडान थप्ने कार्य अघि बढाउनसमेत ध्यानाकर्षण गरिएको  बताए । उनका अनुसार मंगलबार संघको सचिवालय, पशुपति भिजन, गौशाला काठमाडौमा हवाई समस्या समाधानका लागि बैठकसमेत बसेको छ ।  

बैठकमा कर्णाली प्रदेशको हवाई सेवा समाधानका लागि वायुसेवा कम्पनी (दुर्गममा उडान भर्ने) विषयमा संघका अध्यक्ष क्या. रामेश्वर थापाको अध्यक्षतामा बसेको बैठकमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसद भण्डारीलगायत अन्य जुम्लावासी सहभागिता थियो । बैठकबाट कर्णाली प्रदेशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरूसँग ई-टिकट बुकको माग गरिने निर्णय गरिएको छ। सांसद भण्डारीले एउटै दूरीको हवाई भाडा ई-सेवा नहुँदा दोब्बर महंगाे तिर्नुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै ई-टिकट सेवा प्रणली माग गरेका हुन् । 

कर्णाली प्रदेशमा आएको विपद्का कारण अलपत्र परेका सम्पूर्णलाई चाँडोभन्दा चाँडो उद्धार गर्ने निर्णयसमेत गरिएको जनसम्पर्क सल्लाहकार मनऋषि धितालले बताए । उनका अनुसार हवाई यातायात निर्वाध रूपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णयसमेत भएको छ ।

Avatar

वायुसेवा कम्पनीहरुले यथाशीघ्र ई-टिकट बुकको व्यवस्था लागू गर्ने निर्णय गरिएको छ । यतिबेला अविरल वर्षाका कारण कर्णाली राजमार्ग बन्द हुँदा कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा महँगो, अनियमित र अपारदर्शी हवाई यातायातमा निर्भर हुन बाध्य छन् ।कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारीले भने, ‘त्यसैले कर्णाली प्रदेशमा अनलाइन टिकटको व्यवस्था गर्न, नियमित उडान भर्न, हवाई क्षेत्रमा भइरहेको अनियमितता रोक्नुपर्नेमा जोड दिइएको हो।’

कर्णाली राजमार्ग लामो समयसम्म बन्दा हुँदा जुम्लालगायत कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौंसम्म यात्रुले विमानस्थलमा कुर्नु परिरहेको छ । बिरामी उड्न सकेका छैनन्। सर्वसाधारणले टिकट पाउँदैनन्। अहिले सांसद भण्डारी नेतृत्वको टोलीले अविरल वर्षाका कारण जुम्लामा उत्पन्न विपद व्यवस्थापनार्थ राहत र विशेष पुनर्स्थापना प्याकेज अविलम्ब कार्यान्वयन गर्नसमेत गर्दै आएको छ । कर्णालीमा हवाई सेवा नियमित बनाउन माग गरिएपछि आजदेखि जुम्लामा उडान थपिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक