2026-07-24 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन सन्दिप लामिछाने बिरुद्ध प्रहरीले जुटाएका प्रमाण ! १२ बर्ष जेल सजायको माग दाबी

कात्तिक ८, काठमाडौँ | बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान लागि तेस्रो पटक थप ४ दिनको म्याद थप गरेको हो ।

प्रहरीले सन्दीपमाथि अनुसन्धान नसकेकाले तेस्रो पटक ७ दिनको म्याद थप्न अदालत लगेको थियो तर अदालतले ४ दिनमात्रै म्याद थप गरेको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले बताए ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले असोज २० गते विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

सन्दीप विरुद्ध प्रहरीले जुटाएका प्रमाण !

प्रहरीले संकलन गरेको सन्दीपविरुद्ध सबैभन्दा ठूलो प्रमाणका रूपमा किशोरीलाई बलात्कार गरिएको भनिएको ‘होटेल काठमाडौं इन’को सीसीटिभी फुटेज हो । त्यहाँ उनी भदौ ५ गते राति पीडित किशोरीसँग प्रवेश गरेको र अर्को दिन बिहान बाहिरिएको देखिएको छ ।

सो होटेलका कर्मचारीको बयान पनि प्रहरीले लिएको छ । पीडितको बयान, मेडिकल जाँचलाई पनि प्रमाणका रूपमा लिइएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको छ ।

एक अधिकारीले भने, “सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएका छन् । हामीले बलियो रूपमा प्रमाण जुटाएका छौँ । प्रमाणहरू अकाट्य छन् । त्यसैले पनि सन्दीपले उन्मुक्ति पाउँछन् भन्ने हामीलाई लाग्दैन ।”

सन्दीपले सरकारी वकिलको कार्यालयमा र प्रहरीलाई दिएको साबितीमा आफूले एक क्रिकेट खेलाडीमार्फत आफूलाई आरोप लगाउने किशोरीलाई चिनेको बताएका छन् । उनले आफू होटेलमा सँगै बसेको स्वीकार गरेका छन् । तर, यौनजन्य कार्य नगरेको जिकिर गरेका छन् ।

त्यसबाहेक सन्दीप र उनका कानुन व्यवसायीले पीडित बालिग भएको दाबी गरेका छन् । प्रहरीले पनि पीडितका दुई जन्मदर्ता फेलापारेको छ । एक जन्मदर्तामा उनी बालिग छन् भने अर्कोमा नाबालिग । तर, प्रहरीले उनको नागरिकतामा उल्लेख उमेरलाई आधार मानेको छ । नागरिकताअनुसार पीडितको उमेर अहिले १७ वर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक