११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेस आन्दोलनका गम्भिर घाइते मुन्सी पटेल दिल्ली प्रस्थान

१ चैत्र २०७२, सोमबार ११:५९

चैत्र १, वीरगंज / जारी मधेस आन्दोलनका गम्भिर घाइते
मुन्सी पटेललाई आज थप उपचारको लागि दिल्ली लगिएको छ । ईन्डियन स्पाइनल ईन्जुरियस सेन्टर बसन्तकुन्ज
अस्पतालमा पटेललाई उपचार गराउन लागिएको पटेलको बुवा रामचन्द्र राउत कुर्मीले जनाएका छन् । पटेल संगै
उनको श्रीमती शान्ति देवी र स्थानिय भाग्यनारायण साह रहेका छन् । पटेल आज बिहान ९ बजे सत्याग्रह
ट्रेनबाट दिल्ली गएका वगहीका स्थानिय समाजसेवी गेनालाल पटेलले बताए ।

dilli

दिल्लीमा मुन्सीको स्तरीय उपचार हुने र हामी सम्पुर्ण पर्सावासी उनको
शिघ्र स्वास्थ्य लाभको कामना गरेको पर्सा भेडीहारी निवासी शिक्षक अशोक कुमारले बताए । पर्सा जिलला बगही
निवासी मुन्सीलाई नेपालको संबिधान २०७२ घोषना गरेको दिन अर्थात असोज ३ गते प्रहरी र प्रर्दशनकारी बिच
झडप हुदाँ वीरगंज गीतामन्दिर रोडमा गोली लागेको थियो । सोही दिन देखि गम्भिर घाईते भएका पटेलको
काठमाडौंमा उपचार गराई हाल वीरगंजको नारायणीमा उपचार गराइरहेका छन् । मुन्सीको आफनो एकधुर जग्गा समेत
नरहेको र अरुको जग्गामा सुकुम्बासी जिवन बिताउदै आएका छन् ।


यसैबिच पटेलको स्वास्थ उपचारको लागि बिभिन्न संघसंस्थाहरुले नगद ३५ हजार सहयोग गरेका छन्
। हिजो नारायणी उपक्षेत्रिय अस्पताल परिसरमै पुगेर सनराईज कन्टेनर प्रा.ली,परवानीपुरका कर्मचारी एवं
मजदुरहरुले नगद ३० हजार ,रानीघाट निवासी गोबिन्द प्रसाद साह ३ हजार र बब्लु राईस मिल्सले २ हजार सहयोग
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु