२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायुसेवा निगमको उडान अस्तव्यस्त : ४ अन्तर्राष्ट्रिय उडान रद्द, आन्तरिकमा जहाजै नभएर ठप्प

२०७९, १४ कार्तिक सोमबार ०९:३१

कात्तिक १४,  काठमाडौँ | नेपाल वायुसेवा निगमको उडान अस्तव्यस्त भएको छ । आइतवार निगमको काठमाडौं–दिल्ली उडान नेपाल नागरिक उड्डयन प्राधिकरणले रद्द गरिदियो भने सोमवार दिउँसोको पनि उडान रद्द भएको छ । 

आइतवारबाट लागू भएको ‘विन्टर सेड्युल’मा निगमले तोकेको भन्दा बढी उडान तालिका राखेकोले रद्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार निगमले सातामा ७ वटा उडान गर्दै आएकोमा आइतवारबाट २ वटा कटौती भएको छ । निगमले उडान अनुमति पाएको भन्दा बढी तालिका राखेको र यात्रुलाई विमानस्थल बोलाएर दुःख दिएको भन्दै निगमलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । 


प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेरै निगमको लापर्वाहीका कारण उडान हुन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणले उडान नभएको समयमा यात्रु बोलाएर दुःख दिएको तथा हवाई उड्डयनमै नकारात्मक छबि बनाएको भन्दै स्पष्टीकरण सोधेको उल्लेख गरेको छ ।

कुनै पनि वायुसेवाले प्राधिकरणको अनुमति विना उडान गर्न नपाउने व्यवस्थाविपरीत निगमले उडान तालिका राखेको प्राधिकरणको भनाइ छ ।  प्राधिकरणले आइतवार र सोमवारको दुई वटा काठमाडौं–दिल्लीको दुईतर्फी उडान रद्द गरिदिएको छ । यही उडान रद्द भएका कारण निगमका यात्रुले दुःख पाएका छन् भने निगमलाई नियमित उडानमा व्यवस्था मिलाउन गाह्रो भएको छ । 

निगमले आइतवारका यात्रुलाई होटलमै राखेको र सोमवार अर्को वायुसेवामार्फत उडाएको भए पनि तालिका अनुसार नहुँदा यात्रुले दुःख पाउने र अस्तव्यस्तता बढेको छ ।

निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेका अनुसार तोकिएको तालिकाअनुसार नै उडान गर्न खोजेको बताएका छन् । उनले भने, ‘सातामा प्राधिकरणले दिएकै तालिकाभित्र रहेर उडान गर्ने गरी निगमले तयारी गरेकोले यात्रु बोलाएर आइतवार बोर्डिङ पास पनि गराइसकिएको दिल्ली उडान रद्द भयो । सोमवार दिउँसोको पनि सोही गन्तव्यको उडान रद्द भएको छ ।’

जहाजविहीन हुँदा आन्तरिक उठान ठप्प

निगमको आन्तरिक उडान भने जहाजविहीन भएका कारण ठप्प भएको छ । सोमवारका लागि तोकिएको अन्तरिक उडान सबै रद्द भएको छ । आन्तरिक उडानमा २ वटा जहाज मात्रै छन् । एउटा जहाज बिग्रिएर थन्किएकाले अर्को एउटाले मात्रै उडान गरिरहेको थियो । चलिरहेको जहाज पनि थन्किएपछि निगमले सोमवार उडान नै नगरेको निगमले जानकारी दिएको छ । निगमले दुर्गम क्षेत्रका जनतलाई सेवामूलक उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो