2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुरा प्रहार गरी बालकको हत्या आरोपमा ५ किशोर पक्राउ

कात्तिक १४,  मोरङ | मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर बालकको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना किशोरलाई पक्राउ गरेको छ। 

उर्लाबारी नगरपालिका-७ मावा खोलामा छठ हेर्न पुगेका बेला झापाको दमक नगरपालिका-१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो। 


मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबै १८ वर्ष मुनिका छन्। 

उर्लाबारी-६ र ७ का ५ जना किशोर मिलेर आइतबार राति १०:२५ बजेतिर दियुसलाई छुरा प्रहार गरेको श्रेष्ठले बताए। 

उनका अनुसार बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा सोमबार बिहान ४:५० बजेतिर मृत्यु भएको हो। 

घटनापछि पाँचै जना नै फरार बनेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित उनीहरूलाई उर्लाबारीबाटै पक्राउ गरेको हो। 

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ। 

पुरानो रिसिबीकै कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक