२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका तत्कालीन इन्स्पेक्टर पुर्पक्षको लागि थुनामा

२०७९, १६ कार्तिक बुधबार ०६:१६

कात्तिक १६, धादिङ | बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामबहादुर खत्रीका अनुसार उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो।

मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाएको उनले बताए।

गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ। पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो। उनी घटनापछि काठमाडौंमा आइपुगेका थिए। तर उनलाई धादिङ फिर्ता बोलाएर पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन