2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा (तस्बिरसहित)

कात्तिक २१, काठमाडौँ | संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा क्षेत्रमा हिउँ चितुवा देखिएको छ। उक्त हिउँ चितुवाको तस्बिर अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।

१२ हजारदेखि १८ हजार फीट (३ हजार ६५७ देखि ५ हजार मिटर) उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्।

May be an image of mountain and nature

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति १०३ माइल हिडेर उक्त चितुवालाई पछ्याएको उनले लेखेकी छन्।

‘मेरो क्यामेराको टेलिफोटो लेन्स हेर्दा, मैले माउन्ट पुमोरीको छायामा केही देखेँ। सुरुमा त मैले यो चट्टानको छायाँ होला भनेर सोचेको थिए, तर मैलो त ठ्याक्कै त्यो जनावर फेला पारेँ जुन मैले खोजिरको थिए ।’ उनले भनेकी छन्।

May be an image of nature

उनले ‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेको आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्।

उनी बिहान ४ बजे  हिउँ चितुवाको तस्बिरलाई आफ्नो क्यामेरामा कैद गर्नका निम्ति गोरकशेपबाट निस्किएकी थिइन्। 

‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ,’ उनले भनेकी छन्।

May be an image of nature and text that says "KITTIYA"

उनि वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्। उनले आफ्नो वेभसाइट मार्फत सन् २०२१ मा सगरमाथा राष्ट्रिय निकुञ्जमा गरिएको प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०२१ को तुलनामा हिउँ चितुवाको सङ्ख्या २६ प्रतिशतले बढेको निकुञ्जमा तीन सयभन्दा बढी हिउँ चितुवा रहेको समेत उल्लेख गरेकी छिन् । 

May be an image of mountain and nature

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक