२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य

२०७९, २७ कार्तिक आईतवार ०७:५९

कार्तिक २७, काठमाडौँ | काठमाडौँ निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु बताउँछन् । 

राणा शासकले यस क्षेत्रबाट  घाँस र पानी ढुवानीका लागि बालाजु हँुदै शिवपुरी पहाडको फेदीसम्म ल्याएको बाटो संरक्षणको अभावमा अहिले मासिएको उल्लेख गर्दै काँठवासीले पञ्चायत ढाली ल्याइएको बहुदलीय व्यवस्था र गणतन्त्रमा समेत आफूहरू उपेक्षित हुनु परेकामा दुःख व्यक्त गरेका हुन् । विकास निर्माणका दृष्टिले पछाडि परेको उपत्यकाकै केन्द्रीय भाग रत्नपार्कबाट उत्तर करिब १५ किलोमिटर दूरीमा अवस्थित यो निर्वाचन क्षेत्रअन्तर्गतबको  झोर र साङ्लासहित आसपासको क्षेत्रलाई काँठ क्षेत्रका रूपमा लिइन्छ ।   

राजनीतिक पार्टीका नेताबाट हरेक निर्वाचनअघि विकास निर्माणसहित काँठ क्षेत्रका जनताको जीवनस्तर सुधार गर्ने आश्वासन प्राप्त हुनेगरेको स्मरण गर्दै अहिलेसम्म ठगिएपनि सचेत काँठका जनता अब कोही कसैको भुलभुलैयामा नपर्ने बताउँछन् । यसअघिका निर्वाचनमा जस्तै मङ्सिर ४ गतेसम्म आश्वासन बाँड्नेक्रम सुरु भएको जानकारी दिँदै अब व्यक्ति, पार्टी एवं विचारभन्दा पनि माथि उठेर काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारका पक्षमा मतदान गर्ने उनीहरुको योजना छ ।   

काँठ क्षेत्रमा जन्मे हुर्केका व्यक्ति अहिलेसम्म पार्टी नेतृत्व र संसद्मा पुग्न नसक्नु नै यस भेगको दुर्भाग्य भएको उल्लेख गर्दै टोखा नगरपालिका वडा नं १ झोर निवासी बृद्ध सुशील अधिकारी भन्नुहुन्छ, “जहिले पनि सहरका टाठाबाठाले टिकट पाउँछन्, चुनाव तिनैले जित्छन्, आफूअनुकुल बजेट खेलाउँछन् र काँठ क्षेत्रलाई बिर्सन्छन् । भोट हाल्दाहाल्दै हामी नै लौरो टेक्ने अवस्थामा आइपुग्यौंँ, अब त अति भयो, यसपटकको निर्वाचनमा काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारलाई भोट हाल्ने गरी सल्लाह गरिरहेका छौंँ ।” 

देश र जनताको भाग्यको फैसला गर्ने ऐतिहासिक संसदीय निर्वाचनमा काँठबासीले यसअघिजस्तै उत्साहका साथ भाग लिने विश्वास व्यक्त गर्दै झोर निवासी अर्का बृद्ध तथा अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारी नारायणबहादुर खत्री भन्नुहुन्छ, “गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, ठूला उद्योग–कलकारखाना र कालोपत्रसहितको चौडा सडक नभएसम्म काँठ क्षेत्रको वास्तविक विकास असम्भव छ । सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले करिब उस्तै परिस्थिति रहेको समग्र काँठ क्षेत्रको विकास र समृद्धिका पक्षमा मतदान गर्न काँठबासी सबैमा अनुरोध गर्दछु ।”

हामीले भोट हालेका पार्टीका नेताहरू पटक–पटक मन्त्री भए पनि काँठ क्षेत्रले कहिल्यै केही नपाएको गुनासो गर्दै अर्का बृद्ध मोहन लामिछाने यसपटकको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका पक्षमा मतदान गर्ने कि भनी टोल, छिमेकमा कुराकानी भइरहेको बताउनुहुन्छ । 

झोर निवासी भूतपूर्व सैनिक गोविन्द अधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिए पनि सडकमा माइकिङ गरी हिँड्नेबाहेक जनताको घरदैलोमा उम्मेदवार अझैसम्म नआएकोे, स्थानीय पार्टीका नेता तथा कार्यकर्ताको उत्साहमा कमी देखिएको, चोक तथा दोबाटोमा भेला भई झैझगडा एवं भनाभन गर्नेक्रम न्यून रहेको, निर्वाचनको माहोल सिर्जना नभएकोजस्तो देखिएको र निर्वाचन प्रचारप्रसारका क्रममा यसअघिका जस्तो तडकभडक नदेखिएकामा आश्चर्य प्रकट गर्नुहुन्छ । 

सोही क्षेत्रअन्तर्गतकोे तारकेश्वर नगरपालिका–१ साङ्ला निवासी श्यामकृष्ण कुँवर राजनीतिक पार्टी र तिनका नेताहरूलाई साथ दिँदैै आएको उपत्यकाको काँठक्षेत्र सदैव उपेक्षित हुनुपरेकामा दुःख व्यक्त गर्दै अब आवेगमा नभइ विवेकका आधारमा मतदान गरी काँठप्रेमी जनप्रतिनिधि छान्ने तयारी भइरहेको बताउनुहुन्छ । 

साङ्लाकी विष्णुमाया तामाङ भन्नुहुन्छ, “गाउँटोलमा निर्वाचनको हल्लीखल्ली भए पनि त्यसतर्फ लाग्ने  फूर्सद छैन, काम नगरे खान पाइदैन, तर मङ्सिर ४ गतेका दिन भने सबैथोक छोडी मन परेको उम्मेदवारलाई भोट हाल्ने नै हो ।” पीछडिएका झोर तथा साङ्ला र आसपासका क्षेत्रमा रहेका अव्यवस्थित सडक तथा बाटोघाटो व्यवस्थित गर्न र शुद्ध पानी आपूर्ति गर्न प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई मतदान गर्न विषयमा छलफल भइरहेको त्यहाँका बासिन्दा बताउँछन् । 

त्यस्तै कृषि, मलखाद, बिउबीजन, विषादी र प्राविधिकको व्यवस्था गर्न, कृषि तथा दुग्धजन्य उत्पादनको बिक्री कक्ष निर्माण गर्न, बेरोजगार स्थानीय युवालाई सीपमूलक तालिमको व्यवस्थासहित रोजगार बनाउन , कुलतमा फसेका युवाको जीवन सुधार गरी भविष्य सुनिश्चित गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गर्न, ठूला लगानीका उद्योग सञ्चालनका लागि लगानी आकर्षित गरी रोजगारी सिर्जना गर्न र गाउँमै पेसा व्यवसायमा गरी खान पाउने व्यवस्था गर्नसक्ने उम्मेदवारलाई  मतदान गर्ने पक्षमा काँठबासी रहेको देखिन्छ ।

उक्त निर्वाचन क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वमन्त्री भीमसेनदास श्रेष्ठ,  नेकपा एमालेको तर्फबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालसहित २४ जना प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो