२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जको माईस्थानमा तीन महिने निःशुल्क केश श्रृङगार तालिम शुरु

२०७२, १५ चैत्र सोमबार १३:००

चैत १५, वीरगञ्ज
वीरगञ्जको माईस्थानमा आज देखि तीन महिने निःशुल्क केश श्रृङगार तालिम शुरु भएको छ । नेपाल
सरकार श्रम तथा रोजगार मन्त्रालय, व्यवसायिक सीप विकास तथा तालिम केन्द्र हेटौंडाको आर्थिक सहयोगमा
क्रियटिभ स्कील्स प्रालि पर्साको आयोजनामा तालिम शुरु भएको हो ।

तालिमको पर्सा व्युटियसन संघकी अध्यक्ष उर्मिला थापाले उदघाटन गर्नुभएको थियो । तालिम उदघाटन
पछि बोल्दै थापाले मन लगाएर सिप सिक्न आग्रह गर्नुभयो । उहाँले सीप सिकेपछि त्यसको उपयोग गरेर
आत्मनिर्भर बन्न सकिने भएकोले अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो ।

nn

गरिब विपन्न समुदायका महिलालाई लक्षित गरेर सञ्चालन गरिएको ३ सय ९० घण्टे
तालिममा व्युटिसियन राधा हमाल र कल्पना खड्काले प्रशिक्षण दिनेछन् । तालिममा सहभागीहरुलाई केस
श्रृङ्गार, आई ब्रो थ्रेडिङ, हेयर कटिङ, वेल मसाज, हेयर प्याक, क्लिजिङ लगायत केश सृङ्गारका १३ वटा विधि
सिकाईने प्रशिक्षक कल्पना खड्काले जानकारी दिनुभयो ।


तालिममा २० जना सहभागी छन् । क्रियटिभ स्कील्स प्रालीका मन्टु साहको अध्यक्षतामा तालिम
उदघाटन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु