२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिश्माले फेरि फेसबुकमा राखिन् निहारिका र शिवराजका अन्तरंग तस्बिर

२०७९, २९ कार्तिक मंगलवार ०९:५४

कात्तिक २९, काठमाडौँ | नायिका करिष्मा मानन्धरले पुनः एकपटक निहारिका राजपुत र शिवराज श्रेष्ठको अंतरंग तस्बिर सेयर गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मानन्धरले आज बिना कुनै टिप्पणी निहारिका र उनका आरोपी शिवराज श्रेष्ठका दुई वटा तस्बिर पोष्ट गरेकी हुन् ।

निहारिकाको मुद्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ । तर, आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको दाबी निहारिकाले गर्दै आएकी छन् । बलात्कारसम्वन्धी मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन छ । करिश्माले अहिले विना सन्दर्भ तस्बिरहरू राखेपछि आलोचनात्मक प्रतिक्रियाहरू आएका छन् ।


निहारिका र शिवराजको एउटा तस्बिर करिश्माले आफ्नो फेसबुक अकाउन्टको कभर फोटो नै बनाएकी थिइन् । एक मिनेटपछि कभर फोटो परिवर्तन गरिन् । तर, त्यसपछि फेरि अर्को फोटो पोष्ट गरिन्, जसमा निहारिका र शिवराज एउटै ओछ्यानमा सुतेका छन् । करिश्माले केहीबेरपछि दुवै तस्बिर हटाइन् ।

 निहारिका अनसनमा बसेपछि नायिका मानन्धरले उनलाई आफ्नै घरमा आश्रय दिएकी थिइन् । तर पछि निहारिकाको विषयमा आफ्नो बुझाई गलत भएको र आरोपमा सत्यता नरहेको भन्दै मानन्धरले निहारिका र शिवराजका केही प्रेमिल तस्वीरहरु साझा गरेकी थिइन् । तीव्र आलोचनापछि उनले ती तस्बिर हटाइन् । त्यसपछि निहारिकाले आपत्ति जनाउँदै मानन्धरको घरबाट निस्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो