२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि जनकपुर-जयनगर रेल सेवा बन्द हुने, चार दिनपछि खुल्ने

२०७९, ३० कार्तिक बुधबार १०:४२

कात्तिक २९, जनकपुर। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई लक्षित गरेर जनकपुर-जयनगर रेल सेवा बन्द हुने भएको छ। भोलिदेखि चार दिनका लागि बन्द हुने भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन निरञ्जन झाले आज सूचना जारी गर्दै चुनावका कारणले भोलि मङ्सिर १ गतेदेखि ४ गते आइतबारसम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिए।


मङ्सिर ५ गतेदेखि पुनः नियमित रूपमा रेल सेवा सञ्चालन हुने प्रबन्ध सञ्चालक झाले जानकारी दिए। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ। दैनिक रूपमा दुई पटक जनकपुरधामबाट सञ्चालन हुने गरेको छ।

शान्ति सुरक्षाका लागि नेपाल भारतको सीमा नाका मङ्सिर १ गतेदेखि ४ गतेसम्म सिल रहने भएकाले रेल सेवा बन्द गरिएको छ। दुई देशका सुरक्षा अधिकारीहरूको भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको संयुक्त बैठकबाट मङ्सिर ४ गते हुने चुनावलाई दृष्टिगत गरेर सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए।

त्यस कारणले रेल सेवा पनि बन्द गरिएको छ। जनकपुरधामबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो