भदौ ३०, काठमाडौं | सीता एअरको जहाज आज मध्यान्ह एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौं ल्याइएको छ । बिहीबार विहान साढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं | सीता एअरको जहाज आज मध्यान्ह एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौं ल्याइएको छ । बिहीबार विहान साढ"/>
2026-07-05 03:04 AM
काठमाडौँ - KTM

एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौँ आयो सिता एअर

भदौ ३०, काठमाडौं | सीता एअरको जहाज आज मध्यान्ह एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौं ल्याइएको छ । बिहीबार विहान साढे सातबजे काठमाडौंबाट १४ यात्रु बोकेर लुक्ला गएको ‘९ एन–एएचआर’ कलसाइन भएको जहाज १८ सिटे डोर्नियर २२८ जहाजको फर्किने बेलामा बायाँ इन्जिनमा समस्या आएको थियो ।

एअरको बायाँ इन्जिनमा आयल प्रेशर इण्डिकेशन देखाएपछि त्यो इन्जिनले काम नगर्ने बनेको थियो । तर इन्जिनियर तथा प्रावधिकको टोलीले दायाँ इन्जिनको भरमा फेरी फ्लाइट गर्न सकिने सुझाव दिएपछि उक्त जहाज एकल इन्जिनको भरमा उडाएर काठमाडौं ल्याइएको हो । 

जहाजको बायाँ इन्जिन बिग्रिएपछि इन्जिनियर तथा प्राविधिको टोली काठमाडौंबाट हेलिकप्टरमा लुक्ला पुगेका थिए । उक्त जहाज लुक्लामै मर्मत गर्न असम्भव भएपछी मर्मतका लागि एकल इन्जिनकै भरमा फेरी फ्लाइट गरी जहाज काठमाडौं ल्याइएको थियो । काठमाडौँ फर्किँदा उक्त जहाजमा इन्जिनियर र प्राविधिक टोलीमात्र थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै