२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हिमोफिलीया रोगबारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न

२२ चैत्र २०७२, सोमबार १२:१७

चैत
२२, वीरगंज ।  
नेपाल हिमोफिलीया सोसाइटीले आज पर्सा जिल्लाका सरकारी कार्यालय एवं संघ संस्थाका
प्रमुखहरु संग होटल कैलाशमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका केन्द्रिय अध्यक्ष
वेदराज ढुगांनाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी
केशवराज घिमिरेले हिमोफिलिया निकै डरलाग्दो र नौलो रोग भएको धारणा राख्दै सरकारी स्तर एवं संघ संस्थाको
माध्यमबाट यसको जन स्तर सम्म व्यापक प्रचार प्रसारको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रमका
प्रमुख अतिथी समेत रहेका घिमिरेले आँउदा दिनमा वीरगंजमा एउटा सेन्टर स्थापना गर्ने उदेश्यका साथ सो तर्फ
गम्भिर हुन सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका थिए । सोसाइटीका केन्द्रिय उपाध्यक्ष डा.
दिपक शाक्यले हिमोफिलिया एक वंशाणुगत समस्या हो रोग होइन बताउदै शरिरमा रगत जमाउनका लागि विशेष प्रकारको
प्रोटिनको कमीले गर्दा रगत रोकिनमा समास्या उत्पन्न हुने गरेको बताए । शाक्यका अनुसार यसको मुख्य
लक्ष्णहरु रक्तनलीहरु खुम्चिने ,प्लेटलेट प्लगको निर्माण,छालामा फ्राइब्रिम जालो निर्माण हुने,रगत जमेर
खाटो बस्ने लगायतका लक्ष्णहरु रहेको बताउनुभयो ।
parsa 2
सो अन्र्तक्रिया कार्यक्रममा प्रहरी उपरिक्षक राजुबाबु
श्रेष्ठ,सशक्त प्रहरी उपरिक्षक भिमबहादुर थापा,जिल्ला शिक्षा अधिकारी रामबिनय सिंह, स्थानिय बिकास
अधिकारी बिश्वप्रकास अर्याल, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइराला,नेपाल पत्रकार
महासंघका केन्द्रिय सदस्य शितल महतो, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा,नेपाल रेडक्रस सोसाइटी पर्साका
सभापति फुलमहम्द मियाँ, एभी न्युज टेलीभिजनका वीरगंज व्युरो प्रमुख राजु श्रेष्ठ,मधेसी पत्रकार समाज
पर्साका अध्यक्ष संतोष पटेल, संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, युवा
व्यवसायी विश्वकरण जैन,वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई,नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सक
डा. निरज सिंह ,वीउमनपाका सिनियर ईन्जिनियर प्रकास अमात्य ,अभिभावक संघ पर्साका अध्यक्ष अमर
गौतम,रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रबिन मान्नधर लगायतकाले आ आफनो धारणा राखेका थिए ।
parsa
सोसाइटीका
सचिव मुकुन्दमणी घिमिरेले सहजीकरण गरेको अन्र्तक्रिया कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रशासकिय
अधिकृत संकल्प शाक्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपालमा हिमोफिलियाको ५५० जना रोगीहरु रहेको र
जसमा तराइ भेगमा वढी मात्रामा रहेको सोसाइटीका उपाध्यक्ष शाक्यले बताए ।

हाल सोसाइटील
वीरगंज,ईटहरी,भरतपुर,पोखरा,धनगढी,भक्तपुरमा हिमोफिलियाको क्षेत्रिय कार्यालय बिस्तार गरी कार्य गरिरहेको
बताए । होटल कैलाशमा आयोजित अन्र्तक्रियामा बिउमनपाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले संस्थागत
बिकासलागि नगरपालिका तर्फबाट एक लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य