३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अशोक वैद्य सदभावनादूत घोषित, नगरको बिकास प्रमुख प्राथमिकता – बैद्य

२३ चैत्र २०७२, मंगलवार ०९:३४

चैत्र २३, वीरगंज । वीरगंज
उपमहानगरपालिकाले समाजसेवी एवं उद्योगपति अशोक वैद्यलाई सदभावना दुत घोषणा गरेको छ ।

ashok

वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका वैद्यले निकै लामो समय अघि
देखि नै यस क्षेत्रको व्यपार एवं पुर्वाधार निर्माण, औद्योगिक प्रतिष्ठान स्थापना , गुडमर्निङ्ग ग्रेटर
वीरगंजको अवधारणालाई लागु गरी आर्थिक क्षेत्रको बिकास र नगरलाई समृद्ध बनाउन महत्वपुर्ण भुमिका खेले
वापत वीरगंज उपमहानगरपालिकाले आफनो २० औं नगर परिषदको बैठकले बैद्यलाई वीउमनपाको सदभावना दूत बनाउने
निर्णय गरेको छ ।

वीरगंज क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको र दिर्घकालिन रणनिती
अनुरुप बैद्यलाई सदभावना दूत नियुक्त गरिएको वीउमनपाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले बताउनु भयो ।
बैद्यले बिदेशी राष्ट्र एवं बिभिन्न दातृराष्ट्रहरु संग समन्वय गरी वीरगंज नगरको बिकास , स्वाच्छ
सुन्दर, सफा एवं हराभरा नगरको कल्पनालाई सार्थक बनाउन महत्वपुर्ण भुमिका निर्वाह हुने अपेक्षा वीउमनपाले
लिएको पाइन्छ ।

वीरगंज लाई ग्रेटर वीरगंजको रुपमा बिकसित गरिने , बिकास निर्माणलाई प्राथमिकतामा
राखेर राष्ट्रव्यापी रुपमा पहिचान स्थापित गर्न नेपालका पुर्व पाँच जना प्रधानमन्त्रीहरुलाई वीरगंज
ल्याउने , सफल औद्योगिक व्यापार मेला सफल गर्ने,सिमावर्ती क्षेत्रका सभासदहरुलाई वीरगंजमा ल्याई यहाँको
बिकास निर्माण एवं शान्ति सुरक्षाबारे छलफल गराउनु साथै वीरगंजका बिकासका लागि सदैव चिन्ति र लगनशिल
भएको वीरगंजका नागरिक समाजका अगुवाहरु बताउछन् । वीउनपाले नियुक्त गरेको सदभावना दूतबारे बैद्य संग
बुझदा आफु सो बिषयमा गम्भिर रहेको र वीरगंज नगरको बिकासका लागि आफुले खेल्नुपर्ने भुमिकामा लागि परेको
बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ