भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्ति"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बहिराहरुका लागि कम्प्युटर इन्जिनियरिङ कक्षा

३१ भाद्र २०७३, शुक्रबार ०५:५३

भाद्र ३१ पर्वत ।    सांकेतिक भाषामार्फत् प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बहिरा बिद्यार्थीले पहिलोपटक नेपालमै प्राविधिक उच्च शिक्षा लिन पाउने  भएका छन् । बहिराहरुकै लागि बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाई सुरु भएपछि सांकेतिक भाषामार्फत प्रवेशिका उत्तिर्ण बहिराहरुलाई सहज भएको हो ।


बागलुङमा सञ्चालित धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा बहिरा बिद्यार्थीलाई लक्षित गरी तीन वर्षे कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषद (सिटिइभिटी)को आङ्गिक सम्बन्ध लिई विद्यालयले इन्जिनियरिङ कक्षा सञ्चालन गरेको हो । सुरुवातमा धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका कम्प्युटरतर्फका १७ जना मोरङको बिराट बहिरा विद्यालयबाट एसएलसी उत्तिर्ण    गरेका ११ जना बहिरा विद्यार्थी र कालिका कन्यामन्दिर मावि र बिद्यामन्दिर उच्च माविका एक(एक जना सुन्ने विद्यार्थीले अध्ययन सुरुवात गरेको विद्यालयका प्रअ मधुसुदन    निउरेले जानकारी दिए ।
    उनीहरु ३ बर्षे डिप्लोमा कक्षासकेपछि कम्प्युटर इन्जिनियरिङ जुनसुकै क्याम्पसमा उपल्लो तहमा अध्यन, अध्यापन तथा अन्य सरकारी निकायमा सेवा प्रवेश गर्न पाउँनेछन् । नेपालमा अन्यत्र कुनैपनि स्थानमा बहिरा बिद्यार्थीहरुको प्राविधिक धारबाट उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएपछि आफ्नै बिद्यार्थीहरुको उच्च शिक्षाको लागि कक्षा सञ्चालन गर्नुपरेको बिद्यालयका संस्थापक केबि राना मगरले    बताए ।
     पछिल्लो समय कम्प्युुुुुुुटर प्राबिधीकहरुको माग उच्च देखिएकाले कम्प्युटर बिषयकै प्राबिधिक कक्षा सञ्चालन गरेको रानाले बताए । उनका अनुसार नेपाल सरकारकातर्फबाट बिद्यालय तहसम्मको लागि सहयोग प्राप्त भएपनि उच्च शिक्षाको लागि सहयोग नभएकाले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषदको आंगिक सम्बन्ध लिएर कक्षा सञ्चालन गरिएको बताए ।
    पहिलो चरणमा सिटीइभिटीले कक्षा व्यवस्थापन, प्रयोगशााला व्यवस्थापन गरि कक्षा सञ्चालन गर्न ४८ लाख रुपयौँ सहयोग गरेको छ । साथै हरेक बर्ष चार जना शिक्षकको तलब भत्ता सिटीभिटीले व्यवस्थापन गर्ने जनाइएको छ । साथै आंगिक भएकाले सिटीभिटीको बार्षीक बजेटबाटनै अन्य रकम व्यवस्थापन हुन सक्ने रानाले    बताए ।
    हाल ३० जना विद्यार्थीलाइ हरेक ६ महिनामा सेमेस्टर प्रणालीमार्फत परिक्षा लिइने र ३ बर्षसम्म ६ ओटा सेमेस्टरमा अध्यापन हुने सिटीभिटी ३ बर्षे कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ विषय संयोजक तथा शिक्षक कुलप्रसाद सापकोटाले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो