१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चिसोले मुगुमा पहिराबाट बिस्थापितको बिचल्ली

१७ मंसिर २०७९, शनिबार १०:१३

मङ्सिर १७, मुगु | चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । 

बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन”, पीडित शेरसिंह भर्गीले भन्नुभयो, “गाउँमा घर पहिरोले पुरियो, अब बस्न कता जाने होला ।”

त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन् । बाढी पहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका बान्दिालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरुले बताएका छन् । 

“जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको छ”, त्रिपालमुनि बस्दै आउनुभएकी बालिकन्या बोहराले भन्नुभयो, “न्यानो कपडा समेत छैन, कहिँकतैबाट सहयोग पाइएको छैन ।” 

चिसो मौसम सुरुभएसँगै सालीमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन् । छायाँनाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन् । स्थानीयमा आखाँ पाक्ने, पेट दुःख्ने, टाउँको दुःख्नेलगायत समस्या देखा परेको स्थानीय बेलधरा कुमाइले बताउनुभयो । 

असोजमा गएको पहिरोका कारण छायाँनाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय बिस्थापित भएका थिए । विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीयले बताएका छन् । पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो  । नवनिर्वाचित सङ्घीय सांसद ऐनबहादुर शाही र प्रदेशसभा सदस्य जितबहादुर मल्लले पहिरोबाट बिस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट