२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलितलाई किरियापुत्री भवन प्रयोग गर्न नदिने तीन जनालाई एक वर्ष कैद, ५० हजार जरिवाना

२०७९, २० मंसिर मंगलवार ०७:१०

मङ्सिर २०, काठमाडौँ | सार्वजनिक ठाउँको किरियापुत्री भवन प्रयोग गर्न नदिएर किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै अदालतले तीन जनालाई जेल सजाय तोकेको छ। पोखरा–१६ बाटुलेचौरमा किरियापुत्रीमाथि तीन जनाले विभेद गरेको ठहर गर्दै कास्की जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो।

भट्टराईको ईजलासले पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए।


न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेकी हुन्। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि दुई लाख जरिवाना, पीडितलाई दुई लाखसम्म क्षतिपूर्तिको व्यवस्था छ।

बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई उनीहरूले रोक लगाएको आरोप लागेको थियो। मोहनका भाइ सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भएको थियो। उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमीनमा बनेको किरियापुत्री भवनको चाबी मागेका थिए।

जातीय विभेद गरेको भन्दै २०७७ वैशाख १८ गते मोहन सुनारले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसूरमा उजुरी दर्ता गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा आरोपित तीनै जनालाई पक्राउ गरेपछि बाटुलेचौरका स्थानीयले जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन समेत गरेका थिए।

उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितको तर्फबाट शिव सुनारले बहस गरेका थिए।

त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय शालिकराम भट्टराई र वेदबहादुर विष्टले बहस गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट