रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ ।&n"/>
७ माघ २०८२, मंगलवार
नवलपुर - NWL

नवलपरासीको त्रिवेणी घाटमा पौवा (ट्रस्ट) को शिलन्यास

३१ भाद्र २०७३, शुक्रबार १३:०९

रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ । 

शिलन्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हाम्रो देश अनेकतामा एकता भएको देश हो हामी प्राकृतिक रूपले धनि छौ,सवै मिलेर विकास कार्यमा अघि वढ्न जरुरि छ । स्थानिय स्तरमा सरकारी निकायले निर्माण गर्नुपर्ने पूर्वाधारलाई युवा सक्रियातामा निर्माण हुनु सकारात्मक कदम भएको बताउदै उनले एमाले पार्टि जनताप्रति उत्तरदायि भएको पौवा निर्माण एउटा उदाहरण भएको बताए ।

नेकपा एमाले र युवासँघ नेपाल क्षेत्र नम्बर ६ नवलपरासीको सँयुक्त पहलमा पौवा निर्माण गर्न थालिएको युवा सँघ नेपाल क्षेत्र नम्बर ६ का अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले जानकारी दिए । 

त्रिवेणी घाटमा दाह सँस्कार गर्नेहरुको चाप बढदै गएको र सागर जानेहरुको लागि घामपानीबाट ओतलाग्ने समेत कुनै सुविधा नभएकोले ‘युवासँघमा आवद्धता, सामाजिक काममा प्रतिवद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै पौवा निर्माणमा युवा शक्ति क्रियाशिल भएको उनले बताए । 

पौवा निर्माणको लागि करिव ८ लाख खर्च लाग्ने र निर्माणकार्यमा लाग्ने खर्च सहयोग उठाएर कार्तिक महिना भित्रै पुरा गरिने एमाले क्षेत्र नम्बर ६ का अध्यक्ष राम प्रसाद अर्यालले जानकारी दिएका छन् । 

शिलन्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीले सुस्ता लगाएत त्रिवेणि क्षेत्रको बिकास तथा प्रादेशिक सिमांकन का समस्याहरु सदनमा कुरा उठाउने जानकारी दिए । कार्यक्रममा जिल्लाका नेता लगायत कार्यकर्ता र स्थानियहरुको उपस्थिती रहेको थियो । त्रिबेणी दाहसंस्कार घाटमा दिनहुँ नेपाल भारत गरि पाच देखि दस शव आउने गरेको स्थानीय बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो