ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको प्रहरी चौकी सि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको प्रहरी चौकी सि"/>
२०८२, २७ चैत्र शुक्रबार
दाङ्ग - DNG

सिसहनियाँको ज्ञानोदय माविमा प्रहरीको विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम

२०७३, ३१ भाद्र शुक्रबार १६:०३

ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना न्युनीकरण गर्न प्रहरी र विद्यार्थी बिच सहकार्य हुनु पर्ने बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा शुक्रवार ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवामा आयोजना गरिएकोे लागुऔषध दुव्र्यसनी, ट्राफिक नियम र चोरी डकैती न्युनिकरण विषयक सचेतना मुलक प्रशिक्षात्मक कार्यक्रममा बोल्दै सो कुरा बताए । साथै उनले पछिल्लो समय यता युवाहरु नै लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । यसै बीच प्रहरी प्रमुख वैदिकले परिवारले आफना छोराछोरीहरुलाई कुलतमा फस्न नदिन छोराछोरीको निगरानी गर्नु पर्ने समेत बताए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए ।


कार्यक्रममा सहभागी वक्ताहरुले प्रहरीहरु अव विद्यालय सँगै गाउँ गाउँमा गई नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्र्न सुझाव समेत दिएका थिए । प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानध्यापक इन्द्रदेव चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका पुर्व प्रधानध्यापक प्रेमलाल चौधरी, प्रहरी जवान रमेशकुमार मल्ल र सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे लगायतका वक्ताहरुले बोलेका । एक सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको प्रशिक्षकमा प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिक रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । यसैबीच प्रहरी चौकीले दशै तिहार जस्ता चाडपर्वमा बढी मात्रमा अपराधिक घटना तथा चोरी डकैती हुने भएकाले पैदल, ग्रामिण, अटोमोवाइल र साइकल गस्ती र चेकजाँचमा समेत कडाई गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने