<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
२०८२, २७ चैत्र शुक्रबार
दाङ्ग - DNG

दाङ जिल्लामै देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी उत्कृष्ट

२०७३, ३१ भाद्र शुक्रबार १६:०९


सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी दाङ जिल्लामै उत्कृष्ट भएको छ । सिसहनियाँ स्वास्य चौकीको विहिवार वार्षिक लक्ष्य प्रगतिको समिक्षा गोष्ठीमा यस्तो जानकारी गराइएको हो । सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षता एवम् सिसहनयाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आथ्यितामा भएको समिक्षा गोष्ठीमा निमित्त चौकीका इन्चार्ज नारायण राउतले प्रगति विवरण प्रस्तुत गर्दै यस आर्थिक वर्षमा सुत्केरी हुन आउनेलाई समस्या नहोस भन्नका लागि सुविधा सम्पन्न सुत्केरी आवस भवन निमार्ण गर्ने बताए । साथै उनले परिवार नियोजनका साधन प्रगोगकर्ताको सख्यामा वृद्घि गर्ने र र्आिर्थक वर्ष ०७२÷०७३ मा भएका कार्यक्रम तथा योजनामा सुधार गर्ने बताए । 

स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका भिमलाल चौधरी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, नेकपा माओवादी क्रान्तिकारीका भगवता शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, वडा नागरिक मञ्च वडा नं. १ का संयोजक विद्याशरण चौधरी र सिनियर अहेव खुमानन्द भट्टराई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए कार्यक्रमको सञ्चालन अहेव शारदा बेल्वासेले गरेका थिए । हाल संस्थामा सुत्केरी गराउन आउने विरामीलाई नगद रु ५०० र पहाडी क्षेत्रकालाई थप यातायात खर्च वाफत ५०० गरी  १ हजार रुपैया र न्यानो लुगा समेत दिदै आएको छ । यसैगरी केन्द्रले क्षय तथा कुष्ठरोगको उपचार तथा परामर्श दिनुका साथै मनोपरामर्श केन्द र रिफरल सेन्टर समेत स्थापना भई काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने