प्रभात सुवेदी । भदौ ३१, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा विहीबार एक स्कूले बालक तथा सोही दिन "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...प्रभात सुवेदी । भदौ ३१, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा विहीबार एक स्कूले बालक तथा सोही दिन "/>
प्रभात सुवेदी । भदौ ३१, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा विहीबार एक स्कूले बालक तथा सोही दिन साँझ एक जेष्ठ नागरिकलाई आक्रमण गरी मारेपछि निकुञ्जले आवतजावतका लागि विशेष व्यवस्थाका साथ सतर्कता अपनाउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले हात्तीको नियन्त्रणका लागि चितवनबाट प्राविधिक टोली आएको र अर्को व्यवस्था नभएसम्मका लागि पत्थरबोझीबाट डल्लातर्फ पढ्न जाने विद्यार्थीहरुका लागि भने आवागमनमा गाडिको व्यवस्था गरिएको जनाउनुभएको छ । साथै वहाँले पैदल वा साइकलमा यात्रा नगर्न र विशेष सजग रहनका लागि अनुरोध समेत गर्नुभएको छ । विहिबार विद्यालयबाट घर फर्किने क्रममा दिनको २ बजे बिध्यालयबाट घर फर्किने बेला जिल्ला बर्दिया ढोढरी गा।बि।स।वडा नं १ पत्थरबोझि बस्ने अन्दाजी बर्ष १५ का युवराज थारुलाइ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने जिल्ला बर्दिया सूर्यपटुवा गा।बि।स।वडा नं ४ डल्लामा जंगली हात्तीले आक्रमण गरी मृत्यु भएको, सोही दिन राती करिब ८ बजेको समयमा आफ्नो खेती सुरक्षाका लागी मचानमा बसेका जिल्ला बर्दिया सूर्यपटुवा गा.बि.स. वडा नं ४ बस्ने अन्दाजी बर्ष ७२ का पुरई थारुलाइ वडा नं ३ डांडागाउमा जंगली हात्तीले आक्रमण गर्दा दुबैजनाको मृत्यु भएको थियो ।