२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिद्धको सङ्ख्या घटेकामा चिन्ता

२०७९, १ पुष शुक्रबार ०७:४७

पुस १, काठमाडौँ | पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । 
पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षणसम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।  
सो अवसरमा पक्षीविद् भुपाल नेपालीले मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सेवादिने गिद्धको संरक्षण गर्न आवश्यक रहेकोे बताउनुभयो ।
अचानक गिद्धको सङ्ख्या घट्न थालेपछि अब प्रकृतिमै संरक्षण गरिने – Meronews
“हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एशियमा नौ प्रजातिका गिद्ध पाइन्छन् र ती सबै नौ प्रजातिका गिद्ध नेपालमा पनि पाइन्छन्”, उहाँले भन्नुभयो । नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृतसमेत रहेका नेपालीका अनुसार नौमध्ये छ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन, यसले नेपालमै गँुड बनाइ बच्चा कोरल्छन् ।
बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रुपमा आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो, लामो ठँुडे, सुन  अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा रहेका छन् ।”
उहाँले भन्नुभयो, “जनावरको सिनो तत्काल खाने भएकाले गिद्धले पारिस्थितिकीय प्रणालीमा अति महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।” कार्यक्रममा गिद्धको महत्व, गिद्ध घट्नुका कारण, गिद्ध संरक्षणका बारेमा भएका प्रयास, गिद्ध सुरक्षित क्षेत्र र अगामी दिनमा गिद्ध संरक्षणका लागि गरिने पहलका बारेमा नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत नेपालीले प्रशिक्षण दिनुभएको थियो । 
सो अवसरमा भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण नन्स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको भेटेरीनरी डा अशोक भण्डारीले बताउनुभयो । 
“धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिका रुपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई मर्दछन् । उहाँले भन्नुभयो, “पछिल्लो अनुसन्धानले फ्लुनिक्सीन, कारप्रोफेन , निमुसुलाइड,  एसिक्लोफनेक ,किटोप्रोफेन र फिनाइबुटाजोन आदि औषधि गिद्धका लागि विषाक्तता मानिएको छ ।” 
मेलोक्सीक्याम  र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड गिद्धका लागि सुरक्षित मानिएको डा भण्डारीले बताउनुभयो । गिद्धलाई हानि गर्ने औषधि चौपायामा प्रयोग नगर्ने, मानिसको डाइक्लोफनेक चौपायामा प्रयोग नगर्ने र गिद्धलाई हानी नगर्ने र सुरक्षित मानिएको औषधि मेलोक्सिक्याम र टोल्फेनामिक एसिड चौपायाहरुमा प्रयोग गर्ने भन्ने विषयमा उहाँले प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा पशुपालक कृषक, भेटेरीनरी प्राविधिक, डिभिजन वनकार्यालय, गिद्धका गुँड भएको क्षेत्रका सामुदायिक वनउपभोक्ता समूह, नगर गौशालाका प्रतिनिधि, रामपुर नगरपालिका वडा नं ८ अध्यक्ष, गङ्गा माध्यमिक विद्यालयका शिक्षक, संरक्षणकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । 
वडा अध्यक्ष दिनेश आचार्य, डिभिजन वन कार्यालय सुजन राजभण्डारी, स्थानीय बुद्धिजीवी नरनारायण अर्यालय, नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपाने र खैरेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छायाँचन्द्र पङ्गेनीले गिद्ध संरक्षण, जैविक विविधता संरक्षण, पशु चौपायको बीमा, गिद्धको आहारा तथा व्यवस्थापन, गिद्ध संरक्षणबारेमा चेतना अभिवृद्धि गर्ने विषमा आआफ्नो विचार व्यक्त गर्नुभएको थियो । 
डिभिजन वन कार्यालय पाल्पा र  खैरेनी सामुदायिक वन उपभोक्ता समूह रामपुर पाल्पाको समन्वय तथा  नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौँको आयोजनामा गङ्गा माध्यामिक विद्यालय रामपुर पाल्पाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो