असोज-१, रसुवा । दुई हप्तादेखि काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको गरिएको
छ । काठमाडौँ–केरुङ
डिलक्स बस सेवा नामाकरण गरी उक्त बस सञ्चालनमा ल्याइएको हो । सोही बससेवाअन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र
कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक-एकवटा बस छुट्ने समितिका अध्यक्ष
किरणकुमार रिजालले बताउनुभयो ।
हाललाई
रसुवा र नुवाकोटका विभिन्न स्थानमा गरी १४ वटा बस सञ्चालन गरिएको भएपनि यात्रु
चापलाई मध्यनजर गर्दै पुन: बस थप्ने योजना रहेको पनि समितिले जनाएको छ ।