असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सत्तल निर्माणका लागि ५० हजार सहयोग

१ आश्विन २०७३, शनिबार ०७:४१


असोज १ पर्वत । भगवती मन्दिरमा बहुआयामिक सत्तल निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । सत्यनारायण सत्सङ भजन समुहले कुनपा ९ खत्रीटोलमा रहेको उक्त मन्दिरमा सत्तल निर्माणको लागि ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।   शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुहले सत्तल निर्माण समितिका अध्यक्ष गिरबहादुर भण्डारीलाई रकम हस्तान्तरण गरेको थियो । जिल्लामा भगवती मन्दिर भएता पनि प्रचार प्रसारको अभावमा ओझेलमा  परेको भन्दै उक्त मन्दिरको प्रचारप्रसार गर्न र आवश्यक पूर्वाधार निर्माणको लागि सहयोग गरेको सत्संग समुहका अध्यक्ष डण्डपाणी आचार्यले  बताए ।आर्थिक अभावका  कारण सत्तल निर्माण अपुरै रहेपछि सहयोग गरिएको उनको भनाई छ । सोही अबसरमा बलराम पाठकले १५ हजार र गुप्तेस्वर बेदबेदाङग पाठशालाका अध्यक्ष  खडानन्द आचार्यले १० हजार र पत्रकार महासंघ पर्वतका सचिव छविलाल तिवारीले २ हजार नगद सहयोग गरेको एकता क्लबका अध्यक्ष अच्यूत तिवारीले जानकारी दिए । आर्थिक समस्या झेलेको उक्त     मन्दिरको भौतिक संरचनाको निर्माणको लागि सहयोग गर्नको लागि पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो