2026-07-24 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौर्य मण्डलका अधिकांश ग्रहलाई खाली आँखाले देख्न सकिने

पुस १२, काठमाडौँ । सौर्य मण्डलका अधिकांश ग्रहलाई यो पुस महिनामा खाली आँखाले देख्न सकिने भएको छ।

शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार पुस महिनामा बाइनाकुलर र टेलिस्कोपको सहायता बिनै सौर्य मण्डलका मुख्य ग्रहलाई देखिनेछ।

आकाश सफा रहेको अवस्थामा साँझ पख सूर्यास्त सँगै बुध र शुक्र ग्रह दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए। 

यी दुई ग्रह ६:३० बजे सम्ममा क्षितिजमूनी पुगिसक्ने भएकोले सीमित समयको लागि देख्न सकिनेछ। शनि ग्रहलाई सोहि दिशामा साँझ ८:३० बजे सम्म देख्न सकिनेछ। वृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रुपमा पूर्वदक्षिणबाट मध्यरातसम्म देख्न सकिनेछ। मङ्गल ग्रह भने पूर्वउत्तरदेखि पश्चिममा साँझदेखि बिहानसम्म देख्न सकिने शर्माले बताए।

त्यस्तै औंसीपछि चन्द्रमा पनि अर्ध चन्द्रकार स्वरुपबाट पूर्णचन्द्रमा सम्मको दृश्यमा ग्रहको अघि पछि पछ्याईरहेको मनोरम दृश्य देख्न सकिनेछ। यी ग्रहहरू पङ्तिवद्ध रहेपनि यिनीहरूको चित्र एकैसाथ लिन अति कठिन रहने समितिले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बुध, शुक्र, शनि वृहस्पति र मङ्गल ग्रहलाई खाली आँखाले सजिलै देख्न सकिनेछ भने शनि र वृहस्पतिग्रहको बीचमा बरुण ग्रह तथा वृहस्पति र मङ्गल ग्रहको बीचमा अरुण ग्रहलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देख्न सकिनेछ।

काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रर्दुषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् एजिम्यूथकोण ७० डिग्री देखि २४० डिग्री र उचाईकोण १० डिग्री देखि ६० डिग्रीमा यी ग्रहहरूलाई खाली आँखाले देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक